हालसालैका अपडेटहरु
विद्यालयले हालसालै प्रकाशित गरेका विभिन्न सूचना, समचार, विज्ञप्ती, बुलेटिन, आर्टिकल, ब्लग, फोटो तथा भिडियो जस्ता सबै सामाग्रीहरु यहांबाट हेर्नुहोस्।
2026-10-02
श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, स्याङ्जामा यही असोज १६ गते सफलतापूर्वक सम्पन्न भएको सम्झना खेल, निबन्ध प्रतियोगिता तथा सरसफाइ कार्यक्रमका केही विशेष तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ। कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गराउन सहयोग पुर्याउनुहुने सम्पूर्ण शिक्षक-शिक्षिका, विद्यार्थी भाइबहिनीहरू तथा सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
2026-09-30
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाद्वारा खड्गकाली मा.वि. मा छात्रवृत्ति वितरण
प्रथम पटक प्रकाशित : Wednesday, September 30, 2026
आज मिति २०८३ असोज १४ गते बुधबारका दिन श्री खड्गकाली माध्यमिक विद्यालय (चापाकोट-४, घुर्लिचौर, स्याङ्जा) मा छात्रवृत्ति वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था (Deprosc Microfinance Financial Institution Ltd.) वालिङ शाखाको आयोजनामा विद्यालयका दलित तथा विपन्न वर्गका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा संस्थाका वालिङ शाखा प्रबन्धकज्यूले विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा रेखा बि.क.लाई नगद रु. ५,०००/- (पाँच हजार रुपैयाँ) छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको थियो।
विद्यार्थीको अध्ययनमा हौसला प्रदान गर्दै सहयोग गर्नुभएकोमा श्री खड्गकाली माध्यमिक विद्यालय परिवार डिप्रोक्स लघुवित्त वित्तीय संस्था (वालिङ शाखा) तथा शाखा प्रबन्धकज्यूप्रति हार्दिक धन्यवाद एवम् आभार प्रकट गर्दछ।
खड्गकाली माध्यमिक विद्यालयमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. (HPV) खोप कार्यक्रम सम्पन्न
प्रथम पटक प्रकाशित : Wednesday, September 30, 2026
आज मिति २०८३ असोज १४ गते बुधबारका दिन यस श्री खड्गकाली माध्यमिक विद्यालय (चापाकोट-४, घुर्लिचौर, स्याङ्जा) मा पाठेघरको मुखको क्यान्सर विरुद्धको 'एच.पि.भी.' (HPV) खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
मल्याङ्कोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूको प्राविधिक सहजीकरणमा सञ्चालित उक्त कार्यक्रममा विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्राहरूलाई खोप प्रदान गरिएको छ। खोप कार्यक्रम सञ्चालनमा सहयोग पुर्याउनुहुने स्वास्थ्यकर्मीको टोली, शिक्षक तथा छात्राहरूलाई विद्यालय प्रशासन हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
उक्त कार्यक्रम लिइएको केही तस्बिरहरू 💝
2026-09-24
प्रतिकुल मौसमको पठनपाठन स्थगन (बन्द) रहने सम्बन्धमा सूचना ।
प्रथम पटक प्रकाशित : Thursday, September 24, 2026
आदरणीय अभिभावकज्यू, शिक्षक-कर्मचारी वर्ग तथा प्यारा विद्यार्थी भाइबहिनीहरू, हाल भइरहेको प्रतिकूल मौसम तथा लगातारको वर्षाका कारण विद्यार्थीहरूको सुरक्षा र सहज आवागमनलाई मध्यनजर गर्दै आज मिति २०८३/०६/०८ गते बिहीबार विद्यालयको नियमित पठनपाठन स्थगन (बन्द) रहने व्यहोरा जानकारी गराइन्छ।
सम्पूर्ण विद्यार्थीहरूलाई घरमै सुरक्षित रही अध्ययन-अध्यापन कार्य जारी राख्न तथा आदरणीय अभिभावकज्यूहरूले आफ्ना नानीबाबुहरूको सुरक्षामा विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
2026-09-21
वतृत्वकला प्रतियोगिता तथा गणित प्रदर्शनी कार्यक्रमको विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै ।
प्रथम पटक प्रकाशित : Monday, September 21, 2026
श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०८३ असोज २ गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा रेडक्रसद्वारा आयोजित वतृत्वकला प्रतियोगिता तथा गणित प्रदर्शनी कार्यक्रममा विजयी विद्यार्थीहरुलाई आज प्रार्थना समयमा पुरस्कृत गरिँदै ।





























































