2/25/2025

महा–शिवरात्री, मगर दिवस र ग्याल्पो ल्होसारकाे उपलक्ष्यमा विदा सम्बन्धमा सूचना

विषयः विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०८१ फाल्गुन १४ गते महा–शिवरात्री, १५ गते चापाकोट नगरपालिकाको सूचना बमोजिम मगर दिवसका उपलक्ष्यमा स्थानीय विदा र १६ गते ग्याल्पो ल्होसार हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्चः १७ गते शनिबार रहेकाले १८ गतेदेखि विद्यालय सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।


2/21/2025

मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (तेस्रो पटक)

मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (तेस्रो पटक)

श्री सम्बन्धित सबैमा,

विषय: विज्ञापन सम्बन्धमा (तेस्रो पटक) ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८१/१०/२४, च.नं. १०४४ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८१/१०/२४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा मिति २०८१/११/०९ गते   तेस्रो पटक विज्ञापन प्रकाशित भएकोले तपसील बमोजिमका योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । 

तपसील 

विज्ञापन नं.: ४/०८१/०८२

पद संख्या: १

पद: शिक्षक (संघिय शिक्षण सहयोग अनुदान)

तह.: मा.वि.

विषय.: विज्ञान

योग्यता: विएस्सी वा सो सरह उतीर्ण

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलव स्केल: नेपाल सरकारको नियमानुसार

दरखास्त दस्तुर: रु. १५००/–

परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

दरखास्त दिने अन्तिम मिति: २०८१/११/१५ (४ बजेभित्र)

सम्पर्क मिति: २०८१/११/१५ 

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु

१. निवेदन,

२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,

३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि, 

४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क

        ९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष) 

2/16/2025

चापाकोट नगरस्तरीय वार्षिक परीक्षा २०८१ को समयतालिका

चापाकोट नगरस्तरीय वार्षिक परीक्षा २०८१ को समयतालिका

मिति २०८१ चैत्र ३ गतेदेखि सञ्चालन हुन गइरहेको चापाकोट नगरस्तरीय वार्षिक परीक्षा २०८१ को कक्षा ४ देखि ७ र कक्षा ९ को समयतालिका यसप्रकार रहेको जानकारी गराइन्छ ।
कक्षा ८ को आधारभूत तह परीक्षा २०८१ को समयतालिका र परीक्षा केन्द्र सम्बन्धमा सूचना (BLE 2081 Routine and Exam Center)

कक्षा ८ को आधारभूत तह परीक्षा २०८१ को समयतालिका र परीक्षा केन्द्र सम्बन्धमा सूचना (BLE 2081 Routine and Exam Center)

मिति २०८१ चैत्र  ३ गतेदेखि सञ्चालन हुन गइरहेको चापाकोट नगरस्तरीय आधारभूत तह परीक्षा (कक्षा ८ को वार्षिक परीक्षा) २०८१ को समयतालिका र परीक्षा केन्द्र यसप्रकार रहेको जानकारी गराइन्छ ।



2/07/2025

मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२

मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२

श्री सम्बन्धित सबैमा,

विषय (Sub): विज्ञापन सम्बन्धमा ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८१/१०/२४, च.नं. १०४४ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८१/१०/२४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । 

तपसील 

विज्ञापन नं.: ४/०८१/०८२

पद संख्या: १

पद: शिक्षक (संघिय शिक्षण सहयोग अनुदान)

तह: मा.वि.

विषय: विज्ञान

योग्यता: विएस्सी वा सो सरह उतीर्ण

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलव स्केल: नेपाल सरकारको नियमानुसार

दरखास्त दस्तुर: रु. १५००/–

परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

दरखास्त दिने अन्तिम मिति: २०८१/१०/३० (४ बजेभित्र)

सम्पर्क मिति: २०८१/१०/३० 

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:

१. निवेदन,

२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,

३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि, 

४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क:

९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)

2/03/2025

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप सम्बन्धमा जरुरी सूचना

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप सम्बन्धमा जरुरी सूचना

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत किशोरीहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूह भित्रका किशोरीहरुलाई तपशिल बमोजिमको मिति र स्थानमा सञ्चालन हुने भएको हुँदा लक्षित समूहले अनिवार्य खोप सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
चापाकोट नगरस्तरीय आधारभूत तह ल्याकत परीक्षा २०८१  समय तालिका

चापाकोट नगरस्तरीय आधारभूत तह ल्याकत परीक्षा २०८१ समय तालिका

चापाकोट नगरस्तरीय आधारभूत तह ल्याकत परीक्षा - २०८१ समय तालिका

परीक्षा समयः विहान ११:०० देखि २:०० सम्म

मिति बार विषय कैफियत

२०८१/१०/२३ बुधवार अंग्रेजी

२०८१/१०/२४ बिहिवार नेपाली

२०८१/१०/२५ शुक्रबार अनिवार्य गणित

२०८१/१०/२६ शनिवार -

२०८१/१०/२७ आइतबार विज्ञान तथा प्रविधि

२०८१/१०/२८ सोमबार सामाजिक अध्ययन

२०८१/१०/२९ मंगलबार स्वास्थ्य तथा शारिरिक

२०८१/१०/३० बुधबार स्थानीय  

माध्यमिक शिक्षा परीक्षा २०८१ ल्याकत परीक्षाको समयतालिका

माध्यमिक शिक्षा परीक्षा २०८१ ल्याकत परीक्षाको समयतालिका

मिति २०८१ माघ २३ गतेदेखि सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा ल्याकत परीक्षाको समयतालिका यसप्रकार रहेको छ ।



1/03/2025

प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापनको लागि कोटेसन माग सम्बन्धमा सूचना

प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापनको लागि कोटेसन माग सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि., चापाकोट-४, स्याङ्जामा चापाकोट नगरपालिकाको आ.व २०८१/०८२ मा विनियोजित रकम रु. ५,००,०००/- (पाँच लाख मात्र) को प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापनको लागि यो सूचना प्रकाशित भएको मितिदेखि ७ दिन भित्रमा तपसिल बमोजिमको स्पेसिफिकेसन अनुसार कोटेसन माग गरिन्छ ।

12/27/2024

स्थानीय विदा र तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

स्थानीय विदा र तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि., चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा मिति २०८१ पौष १४ गते पटके स्थानीय विदा र १५ गते तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
पुनश्चः पुस १६ गते मंगलबारबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।

12/24/2024

क्रिसमस डे को उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

क्रिसमस डे को उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

विषयः विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८१ पौष १० गते बुधबार क्रिसमस डे को उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्चः पुस ११ गते विहिबारबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।

12/20/2024

खड्गकाली मा.वि.मा प्रा.वि. तह शिक्षक आवश्यकता (विज्ञापन नं.: ३/०८१/०८२)

खड्गकाली मा.वि.मा प्रा.वि. तह शिक्षक आवश्यकता (विज्ञापन नं.: ३/०८१/०८२)

श्री सम्बन्धित सबैमा,

विषय (Sub): विज्ञापन सम्बन्धमा ।

        प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय शिक्षा शाखा चापाकोटको मिति २०८१/०९/०४ को च.नं. ७९६ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८१/०९/०४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । 

तपसील 
विज्ञापन नं.: ३/०८१/०८२
पद संख्या: १
पद: शिक्षक (करार)
तह: प्रा.वि.
योग्यता: शिक्षा शास्त्रमा प्रमाणपत्र वा सो सरह उत्तीर्ण (माथिल्लो योग्यतालाई विशेष प्राथमिकता)
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलव स्केल: नेपाल सरकारको नियमानुसार
दरखास्त दस्तुर: रु. १०००/–
 
परीक्षाको प्रकार: लिखित र अन्तरवार्ता
दरखास्त दिने अन्तिम मिति: २०८१/०९/११ (४ बजेभित्र)
सम्पर्क मिति: २०८१/०९/११ 
 
पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:
१. निवेदन, २. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि, ३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि, ४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क:
वि.व्य.स. अध्यक्ष (९८०५८२९२१३), प्र.अ. (९८०४१७६२८४), स.प्र.अ. (९८४६१२२७७७)

12/13/2024

उभौली पर्वको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना

उभौली पर्वको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना

विषयः विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८१ मंसिर ३० गते आइतबार उभौली पर्वको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्चः पुस १ गते सोमबारबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।

12/04/2024

कक्षा नर्सरी देखि कक्षा ३ सम्मको अर्धवार्षिक विद्यार्थी मूल्याङ्कन तथा अभिलेखिकरण समयतालिका २०८१

कक्षा नर्सरी देखि कक्षा ३ सम्मको अर्धवार्षिक विद्यार्थी मूल्याङ्कन तथा अभिलेखिकरण समयतालिका २०८१

कक्षा नर्सरी देखि कक्षा ३ सम्मको अर्धवार्षिक विद्यार्थी मूल्याङ्कन तथा अभिलेखिकरण २०८१ को समयतालिका यसप्रकार रहेको छ ।



12/03/2024

चापाकोट नगरस्तरीय अर्धवार्षिक परीक्षा २०८१ को कक्षा ४ देखि १० सम्मको समयतालिका

चापाकोट नगरस्तरीय अर्धवार्षिक परीक्षा २०८१ को कक्षा ४ देखि १० सम्मको समयतालिका

चापाकोट नगरस्तरीय अर्धवार्षिक परीक्षा २०८१ को कक्षा ४ देखि १० सम्मको समयतालिका यसप्रकार रहेको छ ।

11/17/2024

नि.मा.वि. नेपाली शिक्षक आवश्यकता - विज्ञापन नं. २/०८१/०८२

नि.मा.वि. नेपाली शिक्षक आवश्यकता - विज्ञापन नं. २/०८१/०८२

श्री सम्बन्धित सबैमा,


विषयः विज्ञापन सम्बन्धमा ।


प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय शिक्षा शाखा चापाकोटको मिति २०८१/०७/२३ को च.नं. ६०८ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८१/०७/२३ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । 

तपसील  

विज्ञापन नं.: २/०८१/०८२

पद संख्या: १

पद:  शिक्षक (करार)

तह: नि.मा.वि.

विषय: नेपाली

योग्यता: नेपाली मूल विषय लिई शिक्षा शास्त्रमा प्रमाणपत्र वा सो सरह उत्तीर्ण (माथिल्लो योग्यतालाई विशेष प्राथमिकता)

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलव स्केल: नेपाल सरकारको नियमानुसार

दरखास्त दस्तुर: रु. १०००/–

परीक्षाको प्रकार: लिखित र अन्तरवार्ता

दरखास्त दिने अन्तिम मिति: २०८१/०८/०७ (४ बजेभित्र)

सम्पर्क मिति: २०८१/०८/०७ 


पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:

१. निवेदन, 

२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि, 

३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि, 

४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि


सम्पर्क: वि.व्य.स. अध्यक्ष (९८०५८२९२१३), प्र.अ. (९८०४१७६२८४), स.प्र.अ. (९८४६१२२७७७)

 

11/11/2024

हरिबोधनी एकादशी (ठूलो एकादशी) को अवसरमा स्थानीय विदा सम्बन्धमा सूचना

हरिबोधनी एकादशी (ठूलो एकादशी) को अवसरमा स्थानीय विदा सम्बन्धमा सूचना

श्री सम्बन्धित सबैमा,

विषय: विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, स्याङ्जामा भोली मिति २०८१ कार्तिक २७ गते मंगलबार हरिबोधनी एकादशी (ठूलो एकादशी) को अवसरमा चापाकोट नगरपालिकाद्धारा जारी सूचना बमोजिम स्थानीय विदा राखिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ  ।

10/30/2024

२०८१ काे दिपावली, छठ पर्व तथा स्थानीय विदा सम्बन्धमा सूचना

२०८१ काे दिपावली, छठ पर्व तथा स्थानीय विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा हिन्दुहरुको दोस्रो महान पर्व दिपावलीको पावन अवसरमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा मिति २०८१ कार्तिक १५ गते देखि १९ गतेसम्म तिहार सार्वजनिक विदा, २० र २१ गते पटके स्थानीय विदा तथा २२ गते छठ पर्वको उपलक्ष्यमा सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

* पुनश्चः नेपालीहरुको महान् पर्व दिपावली तथा छठपर्व २०८१ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

10/07/2024

२०८० मा SEE दिएर अन्यत्र अध्ययन गरिराख्नुभएको विद्यार्थी भाइबहिनीहरुको लागि जरुरी सूचना

२०८० मा SEE दिएर अन्यत्र अध्ययन गरिराख्नुभएको विद्यार्थी भाइबहिनीहरुको लागि जरुरी सूचना

२०८० मा SEE दिएर अन्यत्र अध्ययन गरिराख्नुभएको विद्यार्थी भाइबहिनीहरु,

उपरोक्त विषयमा नेपाल सरकारको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) मा यस विद्यालयबाट कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) उतिर्ण गरि अन्यत्र अध्ययन गरिराख्नुभएको विद्यार्थीहरुको IEMIS डाटा हाल अध्ययनरत विद्यालयमा नै ट्रान्सफर गर्नुपर्ने भएकाले यथासिघ्र आफू हाल अध्ययन गरिरहेको विद्यालयको IEMIS ID र विद्यालयको नाम/ठेगाना सहित विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

Contact No.: 9864891366, 9817106847
WhatsApp: 9864891366
Messanger: https://fb.me/bikas.gurung.582
Email: bikasgurung@khadgakalischool.edu.np

10/06/2024

हार्दिक श्रद्धाञ्जली - कृष्ण कुमारी थापा

हार्दिक श्रद्धाञ्जली - कृष्ण कुमारी थापा

स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं. ४ निवासी यस श्री खड्गकाली मा.वि. का शिक्षक राजेन्द्र बहादुर थापाको धर्मपत्नी कृष्ण कुमारी थापा को मिति २०८१ असोज १६ गते ५८ वर्षको उमेरमा भएको अकल्पनीय र अप्रत्यासित निधनले हाम्रो विद्यालय परिवार अत्यन्त मर्माहत भएका छौँ । यस दुःखद् घडीमा दिवंगत आत्माको चीर शान्तिको कामनाकासाथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।
छोरा/बुहारीः 
हरी बहादुर थापा/चित्रा थापा
मनोज थापा/तुलसी थापा

छोरी/ज्वाइँहरुः 
– गंगा थापा/विजय थापा

भेनाजु/दिदीः 
– मदन बहादुर थापा/विष्णु कुमारी थापा

नाति/नातिनीः 
सुवास थापा, शिव थापा/सजना थापा, विज्ञा थापा

श्री खड्गकाली मा.वि. परिवार
चापाकोट–४, स्याङ्जा
अपडेट
लोडिङ हुँदै छ...