मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (तेस्रो पटक)
विषय: विज्ञापन सम्बन्धमा (तेस्रो पटक) ।
प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८१/१०/२४, च.नं. १०४४ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८१/१०/२४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा मिति २०८१/११/०९ गते तेस्रो पटक विज्ञापन प्रकाशित भएकोले तपसील बमोजिमका योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
तपसील
विज्ञापन नं.: ४/०८१/०८२
पद संख्या: १
पद: शिक्षक (संघिय शिक्षण सहयोग अनुदान)
तह.: मा.वि.
विषय.: विज्ञान
योग्यता: विएस्सी वा सो सरह उतीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलव स्केल: नेपाल सरकारको नियमानुसार
दरखास्त दस्तुर: रु. १५००/–
परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
दरखास्त दिने अन्तिम मिति: २०८१/११/१५ (४ बजेभित्र)
सम्पर्क मिति: २०८१/११/१५
पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु
१. निवेदन,
२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि,
४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि
सम्पर्क:
९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)