Explore school activities

School Programs

We have implemented various strategies to nurture the innate talents of children, thereby enabling them to become self-reliant and competent citizens in the future.

Teaching in a pleasant setting

School Environment

We are diligently working to establish adequate infrastructure that will support a student-centered education system rooted in psychology, providing a clean, hygienic, and disciplined environment that is respectful of both boys and girls.

Computer technology skills

Our Motives

In today's 21st century, where information and technology are rapidly developing and growing, our goal is to provide education that is commensurate with these advancements.

Blossoming of a student's inherent talent

MANAGEMENT

We have implemented various strategies to nurture the innate talents of children, thereby enabling them to become self-reliant and competent citizens in the future.

शैक्षिक उत्कृष्टता

हाम्रो शैक्षिक ढाँचा पाठ्यक्रम विकास केन्द्रको मूल मर्म अनुरूप विद्यार्थीको सर्वाङ्गीण विकासलाई लक्षित गरी डिजाइन गरिएको छ। बौद्धिक जिज्ञासा र आलोचनात्मक सोचलाई प्रोत्साहित गर्दै, हामी गतिशील पाठ्यक्रममार्फत विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछौँ।

सुविधायुक्त वातावरण

हाम्रो अत्याधुनिक पूर्वाधारले विद्यार्थी अनुकूल सिकाइ वातावरणलाई तयार गर्दछ । आधुनिक कक्षाकोठा, व्यवस्थित कम्प्युटर तथा विज्ञान प्रयोगशाला, पुस्तकालय र व्यापक अतिरिक्त कृयाकलापका साथ विद्यार्थीहरूलाई शैक्षिक रूपमा सफल हुन र अन्य क्षेत्रका लागि समेत आधारहरु तयार गर्दछ ।

जीवन्त विद्यार्थी जीवन

हाम्रो विद्यालयमा विद्यार्थी जीवन रमाइलो र गतिशील छ । शैक्षिक गतिविधि, क्लबहरू, नेतृत्व कार्यक्रम, सामुदायिक सेवा र सांस्कृतिक कार्यक्रमहरू जस्ता विविध गतिविधिहरूले विद्यार्थीहरूलाई आफ्नो रुचि अन्वेषण गर्न र समाजसँग जोडिन प्रेरित गर्दछ ।

हामी खड्गकाली मा.वि.लाई एक गतिशील र प्रेरणादायी शैक्षिक केन्द्रको रूपमा देख्छौँ जसले शिक्षा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दछ । हामी विद्यार्थीहरूलाई एक उत्कृष्ट अध्ययन वातावरण प्रदान गर्न प्रतिबद्ध छौँ जसले उनीहरूलाई जटिल र निरन्तर परिवर्तनशील विश्वमा सफलतापूर्वक अघि बढ्न सक्षम बनाउँछ।

हाम्रा विशेषताहरु

प्रविधिमैत्री शिक्षण

बालमैत्री वातावरण

सिप सिकाइ कार्यक्रम

योग्य र अनुभवि शिक्षक

वैज्ञानिक नयाँ शिक्षण विधि

नियमित अतिरिक्त क्रियाकलाप

विद्यार्थी प्रोत्साहन कार्यक्रम

लिजर पिरियड व्यवस्थापन

वि.व्य.स. अध्यक्षहरु

Nareshwor Dhungana
Khim B. Khand
2019-2025, 2027-2032
Dhan Bahadur Kunwar
Nanda Keshar Giri
2025 - 2027
Bhim Bahadur Khand
Bhim B. Khand
2032, 2061-2063
Duk Bahadur Khand
Duk B. Khand
2037 - 2039
Khadka Bahadur Shahi
Khadka B. Shahi
2039 - 2049
Khim Bahadur Khand
Khim B. Khand
2059 - 2061
Tanka Prasad Aryal
Tanka Prasad Aryal
2063 - 2072
Samar Bahadur Khand
Samar B. Khand
2072 - 2075
Debendra Bahadur Khand
Debendra B. Khand
2075 - 2078
Tilak Bahadur Khand
Tilak B. Khand
2078 - Present

फोटो ग्यालरी

विद्यालयमा सञ्चालित कार्यक्रमहरु तथा विभिन्न गतिविधिहरुको तथा तस्बिरहरु

Photo Gallery

Academic Excellence

Our school is committed to providing a rigorous academic curriculum that prepares students for success in higher education and beyond.

Holistic Development

We foster a nurturing environment that supports students' intellectual, emotional, and social growth.

Innovative Learning

Our school integrates modern technology and innovative teaching methods to create engaging and effective learning experiences.

Strong Community

We value the importance of a strong school community and encourage active parent involvement in our students' education.

विद्यालयको इतिहास

वि.सं. २०१७ को राजनीतिक परिवर्तनपछि मल्याङ्कोटमा शिक्षाको महत्व बुझिएको थियो। २०१९ फागुनमा, स्थानीय जनताको सक्रियतामा श्री टेक बहादुर खाँणको सल्लाह र मु. खिम बहादुर खाँणको नेतृत्वमा घुर्लिचौरमा विद्यालय स्थापना भयो। स्थानीयहरूले चन्दा र श्रमदान गरी ढुंगा, माटो र खरको तीन कोठे भवन बनाए। विद्यालयको नाम 'श्री खड्गकाली प्राइमरी स्कूल' राखी विधिवत रूपमा सञ्चालनमा ल्याइयो।

  • वि.सं. २०२०/०५/२० – कक्षा १-५ विद्यालय सञ्चालन गर्ने स्वीकृति प्राप्त

    वि.सं. २०२१ मा विद्यालयले ५ कोठे कच्ची भवन बनायो र पहिलो पटक सरकारी सहयोग प्राप्त गर्‍यो। २०२३ देखि वार्षिक अनुदान बढ्दै गयो र २०३० सम्म निरन्तर रह्यो। २०३० देखि लागू भएको राष्ट्रिय शिक्षा पद्धति योजनाअनुसार विद्यालयको स्तर उन्नति भई २ शिक्षक दरबन्दी थपिए। २०३६ मा भवन जीर्ण भएपछि भिम बहादुर खाँणको पहलमा टिनको छानो लगाइयो।

  • वि.सं. २०३७: नि.मा.वि तह सञ्चालन

    वि.सं. २०३७ मा कक्षा ४ र २०३८ मा कक्षा ५ थपिएपछि शिक्षक र पियनको दरबन्दी बढ्यो। २०४१/०४२ मा कक्षा ६ सञ्चालन भए पनि अस्थायी भएकाले अर्को विद्यालयमा परीक्षा दिनुपरेको थियो। २०४४/०४५ मा कक्षा ६ पुनः सञ्चालन भई २०४६ मा अस्थायी अनुमति प्राप्त भयो। २०४५/०४६ मा पुरानो भवन भत्काएर नयाँ भवन बनाइयो र २०४७ मा निजी स्रोतबाट कक्षा ७ सुरु भयो। प्राथमिक तहका लागि शिक्षक दरबन्दी बढ्यो। २०५०/०५१ मा कक्षा ८ सञ्चालन भयो र निमावि अनुदान प्राप्त गरेपछि थप शिक्षक दरबन्दी थपियो।

  • वि.सं. २०५६/२०५७: जि.शि.का.ले शिशु कक्षा सञ्चालन गर्ने स्वीकृती प्रदान

    शैक्षिक सत्र २०५६/२०५७ देखि विद्यालयले शिशु कक्षा सञ्चालनको अनुमति पाएको थियो। २०५८ मा पुरानो भवन मर्मत गरी ४ कोठे बनाइयो। २०५९ मा स्रोत केन्द्र भवन र २०६१ मा ट्रस्ट भवन निर्माण भयो। २०६२ मा बृटिश गोर्खा वेल्फेयर स्याङ्जाको सहयोगमा पक्की भवन थपियो।

  • वि.सं. २०६५: मा.वि.तहको कक्षा सञ्चालन

    वि.सं. २०६५ मा विद्यालयले कक्षा ९ र २०६६ मा कक्षा १० थपेर माध्यामिक तहको शिक्षा प्रदान गर्न थाल्यो। शिक्षक दरबन्दी पनि बढाइयो। Room To Read को सहयोगमा भवन निर्माण, पुस्तकालय स्थापना र कम्प्युटर खरिद गरियो। खेल मैदानका लागि जग्गा खरिद गरियो। शान्ति तथा पुनर्स्थापना मन्त्रालयको सहयोगमा थप कक्षाकोठा बनाउने योजना चलिरहेको छ। ICT कार्यक्रम अन्तर्गत कम्प्युटरको संख्या बढाएर विद्यार्थीलाई कम्प्युटर शिक्षा दिइँदै आएको छ।

विद्यालयको ऐतिहासिक उपलब्धिहरुको छोटो विवरण
यस विद्यालयले २०६६ सालको एस.एल.सी परीक्षामा ३७ जना विद्यार्थीलाई पहिलोपटक सहभागी गराएकोमा प्रथम श्रेणीमा २, द्धितीय श्रेणीमा २४ र तृतीय श्रेणीमा १ जना गरी २७ जना (७२.९७%) विद्यार्थीहरु उर्तिण भएका थिए । यसै गरी २०६७ मा (९७.७%) , २०६८ सालमा ८५% , २०६९ मा ४०% र २०७० सालमा २९% विद्यार्थीहरू उत्र्तीण भएका छन् । यस विद्यालयको गौरवको अर्को पक्ष भनेको खेलकुद हो । हाम्रो विद्यालयले जिल्ला खेलकुद समिति स्याङ्जाको आयोजनामा सञ्चालित राष्ट्रपति रनिङ शील्ड अन्तर मा.वि. खेलकुद प्रतियोगितामा उल्लेख्य नतिजा प्राप्त गरेको छ । २०६२ सालदेखि यस विद्यालयले हालसम्म नियमित रुपमा शैक्षिक भ्रमण (२०७२ नवौं) कार्य सम्पन्न भैसकेको छ । जसले गर्दा विद्यार्थीहरूले ऐतिहासिक, धार्मिक, भौगोलिक, साँस्कृतिक स्थल र सम्पदाहरूको अध्ययन गर्ने सुवर्ण अवसर प्राप्त गरेको छ । जुनियर रेडक्रस सर्कलको २७ औं जिल्ला स्तरीय गोष्ठी आयोजना गर्ने सुवर्ण अवसर समेत प्राप्त गर्‍यो। यस विद्यालयले २०७० बैशाखमा स्वर्ण जयन्ती सभ्य एवं भव्यका साथ सु–सम्पन्न गरिसकेको छ भने सो अवसरमा विद्यालयले “स्वर्ण महोत्सव स्मारिका – २०७०” प्रकाशित गरेको छ ।
विद्यालयको भौगोलिक अवस्थाको संक्षिप्त जानकारी
स्याङ्जा जिल्लाको दक्षिण पूर्वमा अवस्थित यस विद्यालय समुद्र सतहबाट झण्डै ७९६ मि उचाईमा रहेको छ । यस विद्यालय रहेको स्थान स्याङ्जा जिल्ला चापाकोट-४ घुर्लिचौरको उत्तरतर्फ करिब ४५°– ५०° को कोण बनाई उत्तरतर्फ ढल्केको रीपपाखा, वन र च्यारेखोला छ भने दक्षिण तर्फ ३०°– ६०° को कोणमा ढल्केको आवदी जमिन सहित लुम्दीखोलामा रहेको छ । पूर्वतर्फ करिव ३०० मी देखि ५०० मि को उचाइमा रहेको कोट गाउँ छ । पश्चिम तर्फ माथिल्लो घुर्लिचौर, सर्वेडाँडा, डुन्डाँडा, पोम्दी, लग्दा गाँउ रहेको छ । विद्यालय अवस्थित क्षेत्र ३.५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
विद्यालयको समुदायको बनोटको संक्षिप्त जानकारी
यस विद्यालय सेवा क्षेत्रभित्र ठकुरी गुरुङ्ग मगर, क्षेत्री, व्राम्हण, दलित नेवार, जातजातिहरू रहेका छन् । विद्यालयको सेवा क्षेत्र भित्र अधिकांश हिन्दु धर्म मान्नेहरू र केही वौद्ध र बोन धर्म मान्नेहरु भएकोले जातजाति अनुसार सौरमास र चन्द्रमास चाडपर्वहरु एवं संस्कार मान्दै आएको हुनाले यस क्षेत्र विविध संस्कृतिहरूले भरिएको छ । सबैजसोले नेपाली भाषालाई नै मातृभाषाको रुपमा प्रयोग गर्दै आएका छन् भने केही गुरुङ्गहरूले घरमा गुरूङ्ग भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाइन्छ । यहाँका अधिकांश मानिसहरू कृषि पेशामा आवद्ध छन् तापनि कृषि पेशाबाट आफ्नो जीवन धान्न गाह्रो छ । अधिकांश मानिसहरू भारतीय र वृटिस भूतपूर्व सैनिकहरू रहेका छन् भने केही बहालवाला भारतीय सेना, नेपाली सेनामा छन् । रोजगारीको सिलसिलामा बैदेशिक रोजगारमा जानेहरूको संख्या पनि बढी नै छ । यस क्षेत्रको मानिसहरूको आर्थिक स्तर मध्यम छ ।
Khadgakali Smart मोबाइल एपको संक्षिप्त परिचय र फिचर सम्बन्धि जानकारी
हामीले शिक्षणसिकाई कृयाकलापलाई निरन्तरता दिन वैकल्पिक विधीको रुपमा आइसिटीलाई प्राथमिकता दिँदै मोबाइल एप्लिकेसनद्वारा शिक्षण प्रविधि अँगालेका हौँ । यो मोबाइल एप्लिकेसन अधिकतम विद्यार्थीहरुको पहुँचमा पुगेर शिक्षणसिकाई प्रभावकारी हुने कुरामा हामीले आश गरेका छौँ ।
Khadgakali Smart मोबाइल एप किन बनाइएको हो र कोद्धारा व्यवस्थापन हुन्छ?
'Khadgakali Smart' शिक्षामा आइसिटीको उपयोगको औचित्यतालाई साकार बनाउन र शिक्षणसिकाइ कृयाकलापलाई निरन्तरता दिन विद्यार्थीहरुको निम्ति तयार पारिएको एन्ड्रोइड एप्लिकेसन हो । यो एप्लिकेसन श्री खड्गकाली मा.वि. मा कार्यरत शिक्षकहरुद्वारा सञ्चालित हुने गरेको छ । विद्यार्थीहरुले मोबाइल एपको प्रयोगबाट विद्यालयको सम्पूर्ण शैक्षणिक गतिविधिबारे जानकार हुन र शिक्षकहरुसंग प्रत्यक्ष सम्पर्कमा रहने गराउन यो प्लेटफर्मको विकास गरिएको हो ।
Khadgakali Smart मोबाइल एप कसरी डाउनलोड गर्न सकिन्छ?
Khadgakali Smart मोबाइल एप नितान्त विद्यालयको शिक्षक र विद्यार्थीहरुको आन्तरिक प्रयोजनको लागि बनाइएको भएकोले हाल गुगल प्ले स्टोरमा राखिएको छैन । यसलाई डाउनलोड गर्न विद्यालयको वेवसाइटमा नै जानुपर्छ ।
विद्यालयको भौतिक सुविधाको संक्षिप्त विवरण
श्री खड्गकाली मा.वि.ले विद्यार्थीहरूको सर्वाङ्गीण विकास र उत्कृष्ट शैक्षिक वातावरणको लागि विविध भौतिक सुविधाहरू उपलब्ध गराएको छ। यसले अध्ययनलाई सहज र प्रभावकारी बनाउँदै, शैक्षिक अनुभवलाई थप समृद्ध बनाउने लक्ष्य राखेको छ। यहाँका कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाले विद्यार्थीहरूलाई नयाँ ज्ञान र सीप सिक्न सहयोग पुर्याउँछन्।
व्यवस्थित कम्प्युटर ल्याबको सुविधा
विद्यालयको कम्प्युटर ल्याबमा आधुनिक प्रविधिसहितका कम्प्युटरहरू उपलब्ध छन्, जहाँ विद्यार्थीहरूलाई डिजिटल सिप, आइसिटी, वर्ड प्रोसेसिङ, स्प्रेडसिट, ग्राफिक्स, नेटवर्किङ, ब्लगिङ, कोडिङ तथा ए.आई. प्रविधिको आधारभूत ज्ञान दिने गरिन्छ । इमेल तथा इन्टरनेट सुविधाले विद्यार्थीहरूलाई अनलाइन अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउँछ, जसले उनीहरूको सूचना प्रविधि सम्बन्धी ज्ञानलाई बलियो बनाउँछ।
व्यवस्थित विज्ञान प्रयोगशालाको सुविधा
विद्यालयको विज्ञान प्रयोगशाला विभिन्न विज्ञान विषयहरूको व्यावहारिक अध्ययनका लागि सुसज्जित छ। यहाँ विद्यार्थीहरूले जीवविज्ञान, भौतिकशास्त्र, र रसायनशास्त्रका प्रयोगहरू गर्दै विज्ञानको आधारभूत सिद्धान्तहरूलाई व्यवहारमा उतार्न सक्छन्। प्रयोगात्मक शिक्षाले विद्यार्थीहरूको वैज्ञानिक सोचलाई प्रोत्साहित गर्दै उनीहरूको अनुसन्धानात्मक क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्छ।
व्यवस्थित वालमैत्री कक्षाकोठा
श्री खड्गकाली मा.वि.ले वालविकास कक्षाहरूलाई विशेष प्राथमिकता दिँदै बालमैत्री वातावरण निर्माण गरेको छ। वालमैत्री कक्षाकोठाहरूमा बालबालिकाको आवश्यकतालाई ध्यानमा राख्दै, उनीहरूको सहजता, सुरक्षित वातावरण र सिर्जनशीलताको विकासका लागि अनुकूल सजावट गरिएको छ। कक्षाकोठामा रंगीन तथा आकर्षक भित्ते चित्र तथा लेखहरू, आरामदायी फर्निचर र सिकाइको लागि खेलकुदका सामग्रीहरू राखिएका छन्, जसले बालबालिकाहरूलाई सिक्न र खेल्न दुवै प्रेरित गर्छ। यस्तो वातावरणले बालबालिकाहरूको मानसिक, शारीरिक र भावनात्मक विकासमा सहयोग पुर्याउँछ।
शुद्ध तथा बालमैत्री खानेपानीको व्यवस्था
विद्यालयले शुद्ध र स्वच्छ खानेपानीको व्यवस्था गरी विद्यार्थीहरूको स्वास्थ्य र स्वच्छतामा ध्यान दिएको छ। विद्यालय परिसरमा स्वच्छ पानीको आपूर्ति हुने नलहरू तथा फिल्टर गरिएको पानीको सुविधा उपलब्ध गराइएको छ। विद्यार्थीहरूको पहुँचमा पर्ने गरी पानी पिउने ठाउँहरूको व्यवस्थापन गरिएको छ, जसले विद्यार्थीहरूलाई कुनै असुविधा नहोस् भन्ने सुनिश्चित गर्दछ। नियमित रूपमा पानीको परीक्षण र मर्मतसम्भार गरिन्छ, जसले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दछ। यसले स्वच्छ पानी पिउने आदत विकास गर्न र स्वास्थ्य समस्याबाट बचाउन मद्दत पुर्याउँछ।
खड्गकाली ज्ञान विकास पुस्तकालयको संक्षिप्त जानकारी
खड्गकाली ज्ञान विकास पुस्तकालय विद्यालयको शैक्षिक गतिविधिहरूको महत्वपूर्ण अंगको रूपमा रहेको छ। यस पुस्तकालयले विद्यार्थीहरूलाई अध्ययनशील बनाउँदै, अनुसन्धान र ज्ञान प्राप्तिको माध्यमको रूपमा सेवा पुर्याइरहेको छ। शान्त वातावरण र अध्ययनको सुविधाले पुस्तकालयलाई ज्ञानको केन्द्रको रूपमा स्थापित गरेको छ।
खड्गकाली ज्ञान विकास पुस्तकालयको सुविधाहरू
विद्यालयको पुस्तकालयमा पाठ्यक्रमसँग सम्बन्धित पुस्तकहरूका साथै साहित्य, विज्ञान, समाजशास्त्र, र अन्य विविध विषयका पुस्तकहरूको व्यापक संग्रह उपलब्ध छ। यसले विद्यार्थीहरूलाई आत्म-अध्ययन गर्न, अनुसन्धान गर्न, र अध्ययनका क्रममा नयाँ विषयहरूको खोजी गर्न प्रेरित गर्दछ। शान्त वातावरण र अध्ययन कक्षले पाठकहरूको एकाग्रता र सृजनशीलतालाई प्रोत्साहित गर्दछ, जसले विद्यार्थीहरूको पढाइप्रति रुचि बढाउँछ।
खड्गकाली ज्ञान विकासमा पहुँचको अवस्था
खड्गकाली ज्ञान विकास पुस्तकालयमा वालविकास कक्षा देखि कक्षा १० का विद्यार्थीहरूलाई मात्र नभई अन्य बाह्य व्यक्तिहरूलाई पनि पहुँचको व्यवस्था गरिएको छ। यसले समुदायमा ज्ञानको प्रवाहलाई प्रवर्धन गर्दै, पुस्तकालयलाई अध्ययन र ज्ञान आदान-प्रदानको स्थानको रूपमा विकास गरेको छ।
विद्यालयमा रहेका विभिन्न परोपकारी संस्थाहरूको संक्षिप्त जानकारी
श्री खड्गकाली मा.वि.ले विद्यार्थीहरूको सर्वाङ्गीण विकास र सामाजिक उत्तरदायित्वलाई प्रोत्साहित गर्न विभिन्न परोपकारी संस्थाहरू सञ्चालन गरेको छ। यी संस्थाहरूले विद्यार्थीहरूमा नेतृत्व, सेवा भावना, र सामाजिक कार्यहरूको महत्वबारे सचेतना फैलाउने उद्देश्य राख्छन्। विद्यालयमा रहेका प्रमुख परोपकारी संस्थाहरूमा जुनियर रेडक्रस सर्कल, बाल क्लब, तथा बालिका मैत्री समिती पर्दछन्।
जुनियर रेडक्रस सर्कलको बारेमा छाेटाे जानकारी
जुनियर रेडक्रस सर्कलले विद्यार्थीहरूमा मानवीय सेवा, सहानुभूति, र सामाजिक सेवा गर्ने भावना विकास गराउन मद्दत गर्दछ। यस सर्कलमार्फत आपतकालीन राहत कार्य, स्वास्थ्यमूलक कार्यक्रम, र समुदाय सेवा जस्ता विभिन्न गतिविधिहरू सञ्चालन गरिन्छ। विद्यार्थीहरूले रेडक्रसको सिद्धान्त अनुसार आपसी सहयोग र एकताको भावना सिक्दै, विपद् व्यवस्थापन र प्राथमिक उपचार जस्ता सीपहरू प्राप्त गर्छन्।
बाल क्लबको बारेमा छाेटाे जानकारी
बाल क्लबले विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास, र नेतृत्व क्षमताको विकासमा योगदान पुर्याउँछ। यो क्लबले बाल अधिकार, बाल सुरक्षा, तथा विद्यार्थीको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गर्छ। बाल क्लबका गतिविधिहरूमा वादविवाद, वक्तृत्वकला, निबन्ध लेखन, नाटक, सांगितिक तथा वातावरण संरक्षण सम्बन्धी सचेतना कार्यक्रमहरू समावेश हुन्छन्। यसले विद्यार्थीहरूलाई सामाजिक समस्याहरूको समाधानमा सक्रिय सहभागिता गर्न उत्प्रेरित गर्छ।
बालिका मैत्री समितीको बारेमा छाेटाे जानकारी
बालिका मैत्री समितीले विद्यालयका छात्राहरूको सशक्तीकरण र अधिकारको रक्षा गर्ने उद्देश्यले काम गर्दछ। यस समितीले बालिकाहरूको आत्मविश्वास बढाउन, उनीहरूलाई सशक्त बनाउने तालिम, र स्वास्थ्य र सुरक्षा सम्बन्धी सचेतना कार्यक्रमहरू आयोजना गर्छ। यसले विद्यालयमा लैङ्गिक समानता र बालिका अनुकूल वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै, बालिकाहरूलाई आफ्नो अधिकार र क्षमता बारे सचेत बनाउँछ।

विद्यालयको संस्थाहरु

यस श्री खड्गकाली मा.वि. मा विद्यार्थीहरुको हक हित सुनिश्चि, प्रतिभा प्रस्फुटन तथा सम्पूर्ण विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्वको भावना जागृत गर्न विभिन्न संघ संस्थाहरु गठन भएका छन् ।

Group Division

प्रधानाध्यापकहरु

Nareshwor Dhungana
Nareshwor Dhungana
2019 - 2023
Dhan Bahadur Kunwar
Dhan B. Kunwar
2026 - 2032
Dadhiram Sharma
Dadhiram Sharma
2032 - 2033
Ramchandra Giri
Ramchandra Giri
2033 - 2046
Rajendra Giri
Rajendra Giri
2046 - 2049
Jagannath Aryal
Jagannath Aryal
2049 - 2073
Lesh Bahadur Khand
Lesh B. Khand
2073 - Present

कार्यसम्पादन तथा प्रगतिको अवस्था

श्री खड्गकाली मा.वि., चापाकोट नगरपालिका वडा नं. ४, घुर्लिचौर, स्याङ्जामा अवस्थित, स्थापना भएदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको प्रतिष्ठित शैक्षिक संस्था हो। विद्यालयले शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विस्तार, र विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा निरन्तर ध्यान दिएको छ। परम्परागत शिक्षणलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै, शिक्षक प्रशिक्षण र डिजिटल शिक्षाको प्रवर्धनमा विद्यालयले महत्त्वपूर्ण प्रगति गरेको छ। सामुदायिक सहभागिता र विद्यार्थीहरूको उत्कृष्ट नतिजाले विद्यालयलाई शिक्षा क्षेत्रको एक उज्ज्वल केन्द्रको रूपमा स्थापित गरेको छ।

समग्र शैक्षिक प्रतिफलको अवस्था
90%
भौतिक पक्षको विकासको अवस्था
85%
शैक्षिक क्षेत्रमा लगानीको अवस्था
87%
तहगत शिक्षक दरबन्दीको अवस्था
65%

आम व्यक्तिहरूकाे धारणा

श्री खड्गकाली मा.वि.ले उत्कृष्ट शैक्षिक वातावरण र शिक्षकहरूको समर्पणबाट विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको लागि तयार गरिरहेको छ। यहाँका कक्षाहरू, अतिरिक्त क्रियाकलापहरू र विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राखेर गरिएको व्यक्तिगत शिक्षणले गर्दा मेरो छोराछोरीको शैक्षिक विकासमा ठूलो परिवर्तन आएको छ।

एकेन्द्र गुरुङ, अभिभावक

म खड्गकाली मा.वि.को विद्यार्थी हुँ र यहाँको वातावरण साँच्चिकै मैत्रीपूर्ण छ। शिक्षकहरू सधैं सहयोगी छन् र हाम्रो व्यक्तिगत विकासमा विशेष ध्यान दिन्छन्। यहाँको कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, र पुस्तकालयले हाम्रो सिकाइलाई अझै प्रभावकारी बनाएको छ। म यस विद्यालयमा अध्ययन गर्न पाउँदा गर्व महसुस गर्छु।

इस्मी मल्ल, कक्षा ८

शिक्षा क्षेत्रमा सिक्नु र सिकाउनु जीवनको मार्ग हो । यो अनुकुल वातावरण यस खड्गकाली विद्यालयमा स्थापित रहेको अनुभव मैले गरेको छु । शिक्षण कला, कौशल, विधि प्रविधिको अधिकतम प्रयोग गर्नु र नविनतम खोज अनुसन्धान गरी विद्यार्थीमैत्री, प्रविधिमैत्री र विद्यालयमैत्री सिकाइ सहजीकरण क्रियाकलाप सञ्चालन गरी व्यवहारकुशल सीप सिकाउनु यस विद्यालयको उद्देश्य रहेको छ । त्यसैले त म यस विद्यालयको शिक्षक हुनुमा गर्व छ ।

गोकर्ण जि.सी., शिक्षक

खड्गकाली मा.वि.मा शिक्षकका रूपमा कार्य गर्न पाउनु गर्वको कुरा हो। विद्यालयले आधुनिक शिक्षण पद्धति र प्रविधिको प्रयोग गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा ध्यान पुर्याएको छ। यहाँको अनुकूल वातावरणले शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई थप प्रभावकारी बनाएको छ।

ढाकाराम भट्टराई 'आयुष', शिक्षक

विद्यालयको भौतिक पूर्वाधार र सुविधाहरूले विद्यार्थीहरूलाई नवीनतम प्रविधि र वैज्ञानिक खोजहरूको अनुभव गराएको छ। कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालामा सिकेका ज्ञानले मेरो शैक्षिक यात्रा मात्र होइन, भविष्यको करियर छनोटमा पनि मद्दत पुर्याएको छ। म विद्यालयलाई धन्यवाद दिन चाहन्छु।

सौरव अर्याल, पूर्व विद्यार्थी

बढि विद्यार्थीहरु लाभान्वित

बढि आर्थिक सहयोगदाताहरु

बढि व्यवस्थापन समितिहरु

बढि शिक्षकहरुद्धारा सेवा प्रवाह

हालसालैका अपडेटहरू

विद्यालयले हालसालै प्रकाशित गरेका विभिन्न सूचना, समचार, विज्ञप्ती, बुलेटिन, आर्टिकल, ब्लग, फोटो तथा भिडियो जस्ता सबै समाग्रीहरु यहाँबाट हेर्नुहोस्।

1/03/2025

शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाद्वारा विद्यालय निरीक्षणको क्रममा लिइएको केही तस्बिरहरू

शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाद्वारा विद्यालय निरीक्षणको क्रममा लिइएको केही तस्बिरहरू

मिति २०८१ पुस १८ गते श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा शिक्षा विकास तथा समन्वय इकाई, स्याङ्जाद्वारा विद्यालय निरिक्षण भएको थियो । उक्त निरीक्षणको क्रममा लिइएको केही तस्बिरहरू 📸

12/27/2024

स्थानीय विदा र तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

स्थानीय विदा र तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि., चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा मिति २०८१ पौष १४ गते पटके स्थानीय विदा र १५ गते तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
पुनश्चः पुस १६ गते मंगलबारबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।
अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा कक्षा नर्सरीदेखि ६ सम्मका विद्यार्थीहरु पुरस्कार ग्रहण गर्दै

अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा कक्षा नर्सरीदेखि ६ सम्मका विद्यार्थीहरु पुरस्कार ग्रहण गर्दै

आज मिति २०८१ पुस १२ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, घुर्लिचौेर, स्याङ्जामा अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा पुरस्कार वितरण गर्ने क्रममा लिइएको कक्षा नर्सरीदेखि ६ सम्मका विद्यार्थीहरुको तस्बिरहरू 📸

कार्यरत कर्मचारीहरू

लेस बहादुर खाँण

प्रधानध्यापक

सम्पूर्ण विवरण

पशुपति पौडेल

स.प्र.अ. (प्रा.वि. द्धितीय)

सम्पूर्ण विवरण

राजेन्द्र बहादुर थापा

स.प्र.अ. (प्रा.वि. द्वितीय)

सम्पूर्ण विवरण

जगदीश प्रसाद यादब

शिक्षक (मा.वि. तृतीय)

सम्पूर्ण विवरण

गोकर्ण जिसी

शिक्षक (नि.मा.वि. तृतीय)

सम्पूर्ण विवरण

बिष्णु बहादुर पौडेल

शिक्षक (नि.मा.वि.)

सम्पूर्ण विवरण

शिब गिरी

शिक्षक (प्रा.वि. द्वितीय)

सम्पूर्ण विवरण

दुर्गा देवी पोख्रेल

शिक्षक (नि.मा.वि. तृतीय)

सम्पूर्ण विवरण

संगिता पौडेल

शिक्षक (प्रा.वि. तृतीय)

सम्पूर्ण विवरण

उम बहादुर गुरुङ (बिकास)

शिक्षक (प्रा.वि. तृतीय)

सम्पूर्ण विवरण

ढाकाराम भट्टराई (आयुश)

शिक्षक (प्रा.वि. तृतीय)

सम्पूर्ण विवरण

कोपिला बि.क.

शिक्षक (प्रा.वि.)

सम्पूर्ण विवरण

देव बहादुर राना

शिक्षक (मा.वि.)

सम्पूर्ण विवरण

पवन गैह्रे

शिक्षक (मा.वि.)

सम्पूर्ण विवरण

राजकुमार मानन्धर

शिक्षक (मा.वि.)

सम्पूर्ण विवरण

शान्ती गुरुङ

शिक्षक (विद्यालय कर्मचारी)

सम्पूर्ण विवरण

संगिता अर्याल

शिक्षक (बालविकास)

सम्पूर्ण विवरण

भूमिका थापा क्षेत्री

शिक्षक (प्रा.वि.)

सम्पूर्ण विवरण

भृकुटी परियार

शिक्षक (प्रा.वि.)

सम्पूर्ण विवरण

धनमायाँ थापा

कार्यालय सहयोगी

सम्पूर्ण विवरण

अवस्थिति नक्सा र सम्पर्क माध्यम

यहाँ विद्यालयको अवस्थिति नक्सा र सम्पर्क गर्नको लागि कन्ट्याक्ट फर्म दिइएको छ ।

Contact Form

Name

Email *

Message *

Principal's Note

Principal's Photo

प्र.अ.को सन्देश

"शिक्षा नै उज्ज्वल भविष्यको मूल आधार हो। हाम्रो विद्यालयले उत्कृष्ट शैक्षिक वातावरण निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। तपाइँहरूको साथ र सहयोगले विद्यालयलाई अझै उचाइमा पुर्‍याउन म प्रतिबद्ध छु।"

- प्र.अ. लेस बहादुर खाँण, श्री खड्गकाली मा.वि.

ribbon-devider
Principal's Photo

स.प्र.अ.को सन्देश

"शिक्षा मात्रै नभई व्यक्तित्व विकास र नेतृत्व क्षमताको बिकास विद्यालयको मुख्य उद्देश्य हो। विद्यार्थीलाई समग्र विकासतर्फ डोहो-याउने हाम्रो प्रयास निरन्तर रहनेछ।"

- स.प्र.अ. पशुपति पौडेल, खड्गकाली मा.वि.

Welcome to Our School

Recent Notice

हालसालै प्रकाशित सूचनाहरु
अपडेट
लोडिङ हुँदै छ...