2/25/2025

महा–शिवरात्री, मगर दिवस र ग्याल्पो ल्होसारकाे उपलक्ष्यमा विदा सम्बन्धमा सूचना

महा–शिवरात्री, मगर दिवस र ग्याल्पो ल्होसारकाे उपलक्ष्यमा विदा सम्बन्धमा सूचना

विषयः विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०८१ फाल्गुन १४ गते महा–शिवरात्री, १५ गते चापाकोट नगरपालिकाको सूचना बमोजिम मगर दिवसका उपलक्ष्यमा स्थानीय विदा र १६ गते ग्याल्पो ल्होसार हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्चः १७ गते शनिबार रहेकाले १८ गतेदेखि विद्यालय सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।


2/21/2025

मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (तेस्रो पटक)

मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (तेस्रो पटक)

श्री सम्बन्धित सबैमा,

विषय: विज्ञापन सम्बन्धमा (तेस्रो पटक) ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८१/१०/२४, च.नं. १०४४ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८१/१०/२४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा मिति २०८१/११/०९ गते   तेस्रो पटक विज्ञापन प्रकाशित भएकोले तपसील बमोजिमका योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । 

तपसील 

विज्ञापन नं.: ४/०८१/०८२

पद संख्या: १

पद: शिक्षक (संघिय शिक्षण सहयोग अनुदान)

तह.: मा.वि.

विषय.: विज्ञान

योग्यता: विएस्सी वा सो सरह उतीर्ण

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलव स्केल: नेपाल सरकारको नियमानुसार

दरखास्त दस्तुर: रु. १५००/–

परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

दरखास्त दिने अन्तिम मिति: २०८१/११/१५ (४ बजेभित्र)

सम्पर्क मिति: २०८१/११/१५ 

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु

१. निवेदन,

२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,

३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि, 

४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क

        ९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष) 

2/17/2025

पाठ्यक्रम विकास केन्द्रद्धारा जारी विशिष्टीकरण तालिका - CDC Specification Grids (Grades 1-12, All Subjects)

पाठ्यक्रम विकास केन्द्रद्धारा जारी विशिष्टीकरण तालिका - CDC Specification Grids (Grades 1-12, All Subjects)

The Specification Grid, from Nepal's Curriculum Development Centre, is a blueprint for student learning assessments. It outlines learning objectives, their weight, and question types used for assessment. This tool ensures alignment between curriculum and assessment, promotes transparency, guides instruction, supports student learning, and facilitates fair evaluation. It's developed for each subject and grade, available on the CDC website, and crucial for all education stakeholders.

Specification Grid

आधारभूत तह र माध्यमिक तह ल्याकत परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा प्रगति विवरण कार्यक्रममा लिइएको तस्बिरहरू

आधारभूत तह र माध्यमिक तह ल्याकत परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा प्रगति विवरण कार्यक्रममा लिइएको तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको मिति २०८१ माघ २३ देखि ३० गतेसम्म सञ्चालन भएको आधारभूत तह र माध्यमिक तह ल्याकत परीक्षा २०८१ को नतिजा प्रकाशन, पुरस्कार वितरण, प्रगति विवरण तथा अभिभावक अन्तरक्रिया कार्यक्रममा आज मिति २०८१ फाल्गुन ५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸💝

2/16/2025

निबन्ध प्रतियोगितामा विजयी कक्षा १० की छात्रा खुसी थापालाई पुरस्कृत गरिँदै

निबन्ध प्रतियोगितामा विजयी कक्षा १० की छात्रा खुसी थापालाई पुरस्कृत गरिँदै

मिति २०८१ फाल्गुन २ गते यस श्री खड्गकाली मा.वि., चापाकोट-४, घुुर्लिचौरमा शुक्रबारे अतिरिक्त कृयाकलापक अन्तर्गत कक्षा ९-१० सञ्चालन भएको निबन्ध प्रतियोगितामा विजयी कक्षा १० की छात्रा खुसी थापालाई पुरस्कृत गरिँदै ।
चापाकोट नगरस्तरीय वार्षिक परीक्षा २०८१ को समयतालिका

चापाकोट नगरस्तरीय वार्षिक परीक्षा २०८१ को समयतालिका

मिति २०८१ चैत्र ३ गतेदेखि सञ्चालन हुन गइरहेको चापाकोट नगरस्तरीय वार्षिक परीक्षा २०८१ को कक्षा ४ देखि ७ र कक्षा ९ को समयतालिका यसप्रकार रहेको जानकारी गराइन्छ ।
कक्षा ८ को आधारभूत तह परीक्षा २०८१ को समयतालिका र परीक्षा केन्द्र सम्बन्धमा सूचना (BLE 2081 Routine and Exam Center)

कक्षा ८ को आधारभूत तह परीक्षा २०८१ को समयतालिका र परीक्षा केन्द्र सम्बन्धमा सूचना (BLE 2081 Routine and Exam Center)

मिति २०८१ चैत्र  ३ गतेदेखि सञ्चालन हुन गइरहेको चापाकोट नगरस्तरीय आधारभूत तह परीक्षा (कक्षा ८ को वार्षिक परीक्षा) २०८१ को समयतालिका र परीक्षा केन्द्र यसप्रकार रहेको जानकारी गराइन्छ ।



2/14/2025

शुक्रबारे अतिरिक्त कृयाकलापको पुरस्कार वितरण कार्यक्रम

शुक्रबारे अतिरिक्त कृयाकलापको पुरस्कार वितरण कार्यक्रम

आज मिति २०८१ फाल्गुन २ गते यस श्री खड्गकाली मा.वि., चापाकोट-४, घुुर्लिचौरमा शुक्रबारे अतिरिक्त कृयाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा लिएको केही तस्बिरहरू 📸

अपडेट
लोडिङ हुँदै छ...