12/04/2024

दैनिक प्रार्थना हाजिरीजवाफमा सर्वाधिक प्रश्नहरुको उत्तर मिलाउने विशुम खाँणलाई पुरस्कृत गरिँदै

दैनिक प्रार्थना हाजिरीजवाफमा सर्वाधिक प्रश्नहरुको उत्तर मिलाउने विशुम खाँणलाई पुरस्कृत गरिँदै

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौरको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक प्रश्नहरुको उत्तर मिलाउने कक्षा ६ कि छात्रा विशुम खाँणलाई पुरस्कृत गरिँदै ❤️
चापाकोट नगरस्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल खड्गकाली मा.वि.को शिक्षकहरु

चापाकोट नगरस्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल खड्गकाली मा.वि.को शिक्षकहरु

नगर स्तरीय शिक्षक हाजिरी जवाफ प्रतियोगितामा सहभागी जनाउन श्री खड्गकाली माध्यमिक विद्यालयको प्रतिनिधित्व गर्दै जानुभएका शिक्षकहरु ढाकाराम भट्टराई (आयुष), शिव गिरी र दुर्गा पोखरेले आधारभूत तह (१-८) मा द्वितीय स्थान हासिल गर्न सफल हुनुभएकोमा यहाँहरु सहित सम्पुर्ण विद्यालय परिवारमा हार्दिक बधाई तथा शुभकामना । 🙏❤️🎉🎊

कक्षा नर्सरी देखि कक्षा ३ सम्मको अर्धवार्षिक विद्यार्थी मूल्याङ्कन तथा अभिलेखिकरण समयतालिका २०८१

कक्षा नर्सरी देखि कक्षा ३ सम्मको अर्धवार्षिक विद्यार्थी मूल्याङ्कन तथा अभिलेखिकरण समयतालिका २०८१

कक्षा नर्सरी देखि कक्षा ३ सम्मको अर्धवार्षिक विद्यार्थी मूल्याङ्कन तथा अभिलेखिकरण २०८१ को समयतालिका यसप्रकार रहेको छ ।



12/03/2024

चापाकोट नगरस्तरीय अर्धवार्षिक परीक्षा २०८१ को कक्षा ४ देखि १० सम्मको समयतालिका

चापाकोट नगरस्तरीय अर्धवार्षिक परीक्षा २०८१ को कक्षा ४ देखि १० सम्मको समयतालिका

चापाकोट नगरस्तरीय अर्धवार्षिक परीक्षा २०८१ को कक्षा ४ देखि १० सम्मको समयतालिका यसप्रकार रहेको छ ।

कुर्सी दौड र सटपुट प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै

कुर्सी दौड र सटपुट प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै

खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०८१ मंसिर १४ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत कक्षा १-५ को कुर्सी दौड प्रतियोगिता प्रथम स्थान हाँसिल गर्न सफल कक्षा २ का छात्रा इच्छा मल्ल, छात्रा सटपुट प्रतियोगितामा कक्षा ६-८ बाट प्रथम हुन सफल कक्षा ७ का छात्रा टिमायाँ नेपाली र कक्षा ९-१० बाट प्रथम हुन सफल कक्षा १० का छात्रा सृष्टि खाँण लगायत छात्र सटपुट प्रतियोगितामा कक्षा ६-८ बाट प्रथम हुन सफल हिरा थापा र कक्षा ९-१० बाट प्रथम हुन सफल हर्षित सारु र निरज गुरुङलाई विद्यालयले पुरस्कृत गरिँदै ।

कक्षा ९ र १० का विद्यार्थी तथा अभिभावहरुसंग शैक्षिक सुधार सम्बन्धमा भएको अन्तर्कृया कार्यक्रमको केही तस्बिरहरू

कक्षा ९ र १० का विद्यार्थी तथा अभिभावहरुसंग शैक्षिक सुधार सम्बन्धमा भएको अन्तर्कृया कार्यक्रमको केही तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी तथा अभिभावहरुसंग शैक्षिक सुधार सम्बन्धमा भएको अन्तर्कृया कार्यक्रमको केही तस्बिरहरू ।


11/26/2024

दुर्गा देवी पोख्रेल

दुर्गा देवी पोख्रेल

दुर्गा देवी पोख्रेल यस श्री खड्गकाली माध्यमिक बिद्यालयको  आधारभूत तह शिक्षक हुनुहुन्छ । उहाँ मिति २०८१ मंसिर ११ देखि नि.मा.वि. तहको तृतीय श्रेणीको (नेपाली) शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत  हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ संगित, साहित्य, भाषा तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
  • नाम थर: दुर्गा देवी पोख्रेल
  • जन्म मिति: २०४८ फाल्गुन ५
  • स्थायी ठेगाना: चापाकोट-७, मिलनचोकमी
  • नागरिक: नेपाली
  • नागरिकता नं.: 432017/296
  • शैक्षिक योग्यता: बि.एड. (नेपाली)
  • विद्यालयमा नियुक्ति मिति: २०८१ मंसिर ११
  • तह: आधारभूत (करार)
  • सम्पर्क नं.: 9846842730
  • इमेल: pokhreldurga17@gmail.com

11/25/2024

नृत्य कार्यक्रमको रिपोर्टिङ र साप्ताहिक प्रतिभा प्रस्फुटनको केही तस्बिरहरु

नृत्य कार्यक्रमको रिपोर्टिङ र साप्ताहिक प्रतिभा प्रस्फुटनको केही तस्बिरहरु

गत मिति २०८१ मंसिर ७ गते सम्पन्न अतिरिक्त कृयाकलाप अन्तर्गको नृत्य प्रतियोगिताको रिपोर्टिङ गर्दै कक्षा ८ कि छात्रा इस्मी मल्ल र साप्ताहिक प्रतिभा प्रस्फुटन कार्यक्रम अन्तर्गत कविता बाचन गर्दै कक्षा १० कि छात्रा आशी सिहं 💓💓
अपडेट
लोडिङ हुँदै छ...