11/17/2024

शिक्षक कोपिला रोका केसीको फेरी भेटौंला कार्यक्रमको केही तस्बिरहरू

शिक्षक कोपिला रोका केसीको फेरी भेटौंला कार्यक्रमको केही तस्बिरहरू

शिक्षक कोपिला रोका केसी यस श्री खड्गकाली माध्यमिक बिद्यालयमा आधारभूत तहको शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ २०७९ माघ १८ देखि २०८१ कार्तिक २१ गतेसम्म नि.मा.वि. नेपाली शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत हुनुहुन्थ्याे । उहाँ माध्यमिक तहमा सिफारिस भएर जानुभएकोले यस विद्यालयबाट अवकाश लिनुभएको हो ।


नि.मा.वि. नेपाली शिक्षक आवश्यकता - विज्ञापन नं. २/०८१/०८२

नि.मा.वि. नेपाली शिक्षक आवश्यकता - विज्ञापन नं. २/०८१/०८२

श्री सम्बन्धित सबैमा,


विषयः विज्ञापन सम्बन्धमा ।


प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय शिक्षा शाखा चापाकोटको मिति २०८१/०७/२३ को च.नं. ६०८ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८१/०७/२३ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । 

तपसील  

विज्ञापन नं.: २/०८१/०८२

पद संख्या: १

पद:  शिक्षक (करार)

तह: नि.मा.वि.

विषय: नेपाली

योग्यता: नेपाली मूल विषय लिई शिक्षा शास्त्रमा प्रमाणपत्र वा सो सरह उत्तीर्ण (माथिल्लो योग्यतालाई विशेष प्राथमिकता)

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलव स्केल: नेपाल सरकारको नियमानुसार

दरखास्त दस्तुर: रु. १०००/–

परीक्षाको प्रकार: लिखित र अन्तरवार्ता

दरखास्त दिने अन्तिम मिति: २०८१/०८/०७ (४ बजेभित्र)

सम्पर्क मिति: २०८१/०८/०७ 


पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:

१. निवेदन, 

२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि, 

३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि, 

४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि


सम्पर्क: वि.व्य.स. अध्यक्ष (९८०५८२९२१३), प्र.अ. (९८०४१७६२८४), स.प्र.अ. (९८४६१२२७७७)

 

11/15/2024

बालबालिकाहरूको अपांगता पहिचान कार्यक्रम कार्यान्वयन सम्बन्धमा छलफलको बेला लिइएको तस्बिरहरू

बालबालिकाहरूको अपांगता पहिचान कार्यक्रम कार्यान्वयन सम्बन्धमा छलफलको बेला लिइएको तस्बिरहरू

आज मिति २०८१ कार्तिक ३० गते शुक्रबार श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा बालबालिकाहरूको अपांगता पहिचान कार्यक्रम कार्यान्वयन सम्बन्धमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुबिच छलफल भई कार्यक्रमको योजना तयार भएको छ ।

11/11/2024

हरिबोधनी एकादशी (ठूलो एकादशी) को अवसरमा स्थानीय विदा सम्बन्धमा सूचना

हरिबोधनी एकादशी (ठूलो एकादशी) को अवसरमा स्थानीय विदा सम्बन्धमा सूचना

श्री सम्बन्धित सबैमा,

विषय: विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, स्याङ्जामा भोली मिति २०८१ कार्तिक २७ गते मंगलबार हरिबोधनी एकादशी (ठूलो एकादशी) को अवसरमा चापाकोट नगरपालिकाद्धारा जारी सूचना बमोजिम स्थानीय विदा राखिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ  ।

अपडेट
लोडिङ हुँदै छ...