10/02/2024

खड्गकाली भित्ते पत्रिका प्रकाशन (कक्षा - १०) - २०८१ असोज १६

खड्गकाली भित्ते पत्रिका प्रकाशन (कक्षा - १०) - २०८१ असोज १६

श्री खड्गकाली मा.वि. चापाकोट ४, घुर्लिचौर, स्याङ्जाका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुद्वारा प्रकाशित खड्गकाली भित्ते पत्रिका ।
प्रकाशित मिति: वि.सं. २०८१/०६/१६ (October 2 2024)

विजया दशमी २०८१ को अवसरमा विदा सम्बन्धमा सूचना

विजया दशमी २०८१ को अवसरमा विदा सम्बन्धमा सूचना


विषय: विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा हिन्दुहरुको महान पर्व विजया दशमीको पावन अवसरमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा मिति २०८१ असोज १७ गते घटस्थापनादेखि कार्तिक १ गते कोजाग्रत पूर्णिमासम्म दशैं विदा हुने व्यहोरा जानकारी गराईन्छ । 

* पुनश्चः कार्तिक २ गते शुक्रबार स्थानीय विदा र कार्तिक ३ गते शनिबार रहेकाले कार्तिक ४ गते आइतबारदेखि नियमित विद्यालय सञ्चालन हुनेछ ।



हिन्दुहरुको महान् पर्व विजया दशमी २०८१ को  शुभकामना पत्र

हिन्दुहरुको महान् पर्व विजया दशमी २०८१ को शुभकामना पत्र

शुभकामना !                     शुभकामना !!                     शुभकामना !!! 

हिन्दुहरुको महान् पर्व विजया दशमी २०८१ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

प्रधानाध्यापक

तथा

श्री खड्गकाली मा. वि. परिवार


9/26/2024

खड्गकाली भित्ते पत्रिका प्रकाशन (कक्षा - ७) - मिति २०८१ असोज ०९

खड्गकाली भित्ते पत्रिका प्रकाशन (कक्षा - ७) - मिति २०८१ असोज ०९

श्री खड्गकाली मा.वि. चापाकोट ४, घुर्लिचौर, स्याङ्जाका कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुद्वारा प्रकाशित खड्गकाली भित्ते पत्रिका ।
प्रकाशित मिति: मिति २०८१/०६/०९ (September 15, 2024)

9/23/2024

हार्दिक श्रद्धाञ्जली - सिता देवी यादव

हार्दिक श्रद्धाञ्जली - सिता देवी यादव


सप्तरी जिल्ला महादेवा गाउँपालिका वडा नं. ३ निवासी यस श्री खड्गकाली मा.वि. का माध्यमिक तह शिक्षक जगदिश प्रसाद यादवको ममतामयी माता सिता देवी यादव को मिति २०८१ भाद्र ३१ गते ७८ वर्षको उमेरमा भएको अकल्पनीय र अप्रत्यासित निधनले हाम्रो विद्यालय परिवार अत्यन्त मर्माहत भएका छौँ । यस दुःखद् घडीमा मृतात्माको चीर शान्तिको कामनाकासाथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

नव नियुक्त शिक्षक राजकुमार मानन्धरलाई स्वागत गरिँदै

नव नियुक्त शिक्षक राजकुमार मानन्धरलाई स्वागत गरिँदै

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुुर्लिचौर, स्याङ्जामा नव नियुक्त माध्यमिक तह संघीय अनुदान शिक्षक राजकुमार मानन्धरलाई स्वागत गरिँदै ।

9/22/2024

श्रुती लेखन, वक्तृत्वकला र विज्ञान प्रदर्शनी कार्यक्रममा सहभागी विद्यार्थीहरु तथा शिक्षकहरुलाई सम्मानित तथा पुरस्कृत गरिँदै

श्रुती लेखन, वक्तृत्वकला र विज्ञान प्रदर्शनी कार्यक्रममा सहभागी विद्यार्थीहरु तथा शिक्षकहरुलाई सम्मानित तथा पुरस्कृत गरिँदै

श्रुती लेखन, वक्तृत्वकला र विज्ञान प्रदर्शनी कार्यक्रममा सहभागी विद्यार्थीहरु तथा शिक्षकहरुलाई सम्मानित तथा पुरस्कृत गरिँदै 💕
अपडेट
लोडिङ हुँदै छ...