9/17/2024

शिक्षक पशुपति पौडेल र शिव गिरीको बढुवा उपलक्ष्यमा आयोजित भोज कार्यक्रमको केही तस्बिरहरू

शिक्षक पशुपति पौडेल र शिव गिरीको बढुवा उपलक्ष्यमा आयोजित भोज कार्यक्रमको केही तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा मिति २०८१ भाद्र ३१ गते  शिक्षक पशुपति पौडेल र शिव गिरीको बढुवा उपलक्ष्यमा आयोजित भोज कार्यक्रमको केही तस्बिरहरू ।

9/05/2024

हरितालिका तीज २०८१ को शुभकामना (Happy Teej 2081 Wishing)

हरितालिका तीज २०८१ को शुभकामना (Happy Teej 2081 Wishing)

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी एवम् सरोकारवाला अन्य शुभेच्छुक महानुभावहरुमा सुख, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।


प्रधानाध्यापक

तथा

विद्यालय परिवार

9/04/2024

६२ औं नेपाल रेडक्रस सोसाइटी स्थापन दिवसको अवसरमा खड्गकाली मा.वि. मा अन्तरसदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न

६२ औं नेपाल रेडक्रस सोसाइटी स्थापन दिवसको अवसरमा खड्गकाली मा.वि. मा अन्तरसदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न


आज मिति २०८१ भाद्र १९ गते बुधबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, (घुर्लिचौर) स्याङ्जामा 'मानवतालाई जीवित राखौं' भन्ने मूल नाराकासाथ ६२ औं नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रस सर्कल स्थापन दिवसको अवसरमा अन्तरसदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
जुनियर रेडक्रसका अध्यक्ष पुजा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त तीज गीत प्रतियोगितामा हरेक सदनबाट चार जना गायन तर्फ र एकजना नृत्य तर्फ गरि जम्मा ५/५ जनाले सहभागिता जनाएका थिए ।
शिक्षक नायक ढाकाराम भट्टराई (आयुष)

जुनियर रेडक्रसका शिक्षक नायक ढाकाराम भट्टाराईले रेडक्रसको मर्म, उद्देश्य, संक्षिप्त इतिहास र यसको विश्वव्यापी सञ्जालको बारेमा प्रस्ट्याउँदै रेडक्रसद्वारा आयोजित विभिन्न रक्तदान कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाई पुण्यको काम गर्नुभएकोमा विद्यालयको शिक्षकहरुलाई धन्यबाद समेत दिनुभयो ।

सहायक प्र.अ. तथा जुनियर रेडक्रस सर्कल, स्याङ्जाका पूर्व सचिव पशुपति पौडेलले पनि रेडक्रसको योगदान र भावनाको बारेमा विस्तृत जानकारी दिनुभयो ।

समाजमा हुने गरेको व्याप्त सामाजिक विसंगति, महिला हिंसा, लैंगिक विभेद र संविधानको धारामा मात्र सिमित महिला अधिकारमाथी आलोचना गर्दै नारीलाई पनि राष्ट्रको मुल धारमा ल्याउनुपर्ने कुरा गीतको माध्यमबाट संदेश दिँदै विद्यमान त्यस्ता विसङ्गतीलाई अन्त्य गर्नुपर्ने कुरालाई जोड दिँदै प्रतियोगीहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतियोगितामा प्रथम अन्नपूर्ण सदन भएका छन् । द्वितीय हुनेमा कञ्चनजंघा सदन रहेका छन् । त्यसैगरी, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल सदनहरु क्रमशः, सगरमाथा सदन र मनास्लु सदन रहेका छन् । कार्यक्रममा प्रतियोगी बाहेक अन्य विद्यार्थीहरु र प्रमुख अतिथिको रुपमा रहनुभएको जुनियर रेडक्रस सर्कल संरक्षक तथा प्र.अ. लेस बहादुर खाँणले समेत आफ्नो कला प्रस्तुत गर्नुभएको थियो ।

निर्णायक मण्डलको भूमिकामा विद्यालयका शिक्षकहरु क्रमशः बिष्णु पौडेल, कोपिला केसी रोका र संगिता पौडेल रहनुभएको थियो । प्रमुख अतिथीको रुपमा विद्यालयको प्र.अ. लेस बहादुर खाँण रहनुभएको उक्त कार्यक्रमको सञ्चालन रेडक्रसका सचिब इस्मी मल्लद्वारा सञ्चालन भएको थियो ।

शिक्षक पशुपति पौडेललाई सम्मान गरिँदै
शिक्षक जगदीशप्रसाद यादवलाई सम्मान गरिँदै

प्रतियोगिता पश्चात् नयाँ गठन भएको विद्यालय व्यवस्थापन समितको शिक्षक प्रतिनिधिको रुपमा मनोनीत शिक्षक पशुपति पौडेल र शिक्षक अभिभावक संघको शिक्षक प्रतिधिको रुपमा मनोनीत शिक्षक जगदीशप्रसाद यादवलाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरियो । साथै, विभिन्न स्थान हाँसिल गर्न सफल सदनहरुलाई पुरस्कृत गरियो र केही समय नाचगान पश्चात् कार्यक्रमको अन्त्य भयो ।

२०८१ भाद्र २० गते विहिबार स्थानिय विदा सम्बन्धमा ।

२०८१ भाद्र २० गते विहिबार स्थानिय विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, स्याङ्जामा भोली मिति २०८१ भाद्र २० गते विहिबार स्थानिय विदा राखिएकोले विद्यालयको नियमित पठनपाठन कार्य बन्द रहने व्यहोरा सम्पूर्ण विद्यार्थी, शिक्षक एवं अभिभावकहरुमा जानकारी गराइन्छ ।
पुनश्च: मिति २०८१ भाद्र २१ र २३ गते हरितालिका तीज र ऋषि पञ्चमीको अवसरमा महिला विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

9/03/2024

खड्गकाली मा.वि. मा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन सम्पन्न

खड्गकाली मा.वि. मा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन सम्पन्न

मञ्चमा आसिन अतिथिहरु
श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८१ भाद्र १८ गते मंगलबार विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि
तिलक बहादुर खाँणको सभापतित्व, चापाकोट नगरपालिका नगर प्रमुख देव बहादुर खाँण (ईश्वर) को प्रमुख आतित्थ्यता र शिक्षा शाखा प्रमुख मनोज सिर्मलको सहजीकरणमा सम्पन्न भएको अभिभावक भेलाले तपसील अनुसारको विद्यालय व्यवस्थापन समिति गठन गरेको छ।
१) अध्यक्ष: तिलक बहादुर खाँण (घुर्लिचौर)
२) सदस्य: नेत्र बहादुर थापा (भन्टाबारी)
३) सदस्य: केशर बहादुर खाँण (डुन्डाँडा)
४) सदस्य: देवी वि.क. (कोट गाउँ)
५) सदस्य: याम कुमारी खाँण (घुर्लिचौर)
६) सदस्य: ईन्द्रा खाँण (घुर्लिचौर)
७) सदस्य: वडा प्रतिनिधि (बाँकि)
८) सदस्य: शिक्षक प्रतिनिधि पशुपति पौडेल
९) सदस्य सचिव: प्र.अ. लेस बहादुर खाँण
नव मनोनीत अध्यक्ष - तिलक बहादुर खाँण
शिक्षक अभिभावक संघका पदाधिकारीहरु
१) अध्यक्ष: मोहन खाँण (घुर्लिचौर)
२) सदस्य: मेग बहादुर थापा (भन्टाबारी)
३) सदस्य: मौसमी मल्ल (घुर्लिचौर)
४) सदस्य: चित्रा थापा (घुर्लिचौर)
५) सदस्य: उमा खाँण (घुर्लिचौर)
६) सदस्य: निलकण्ठ काफ्ले (च्यारे)
७) सदस्य: युवराज खाँण (घुर्लिचौर)
८) सदस्य: डुक बहादुर सारु (लामडाँडा)
९) सदस्य: मिना बि.क. (मल्याङ्कोट)
१०) सदस्य: शिक्षक प्रतिनिधि जगदीशप्रसाद यादव
११) सदस्य : प्र.अ. लेस बहादुर खाँण
कार्यक्रममा उपस्थितविद्यार्थी, अभिभावक तथा अतिथिहरु
शिक्षिका कोपिला के.सी रोकाको उद्घोषण र प्र.अ. लेस बहादुर खाँणको स्वागत मन्तव्यबाट सुरु भएको अभिभावक भेलामा प्रमुख अतिथि चापाकोट नगरपालिकाको नगर प्रमुख देव बहादुर खाँण (ईश्वर), विशिष्ट अतिथि नगर शिक्षा शाखा प्रमुख मनोज सिर्मल, स्याङ्जा जिल्ला समन्वय समिति सदस्य गिता खाँण, चापाकोट वडा नं. ४ का वडाध्यक्ष अर्जुन कुमार खाँण र चापाकोट ने.का. सभापति बिक्रम बहादुर सारू रहनुभएको थियो । विद्यालय संस्थापक, पूर्व वि.व्य.स. पदाधिकारी, सल्लाहकार सदस्य, चन्दादाता, पूर्व शि.अ.सं. पदाधिकारी, राजनितीक दलका प्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी, टोल शिक्षा समिति पदाधिकारी तथा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
मनोनीत पदाधिकारीहरुलाई सम्मान गरिँदै
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर खाँणको अध्यक्षतामा सम्पन्न भेलामा विशिष्ट अतिथि चापाकोट वडा नं. ४ का वडाध्यक्ष अर्जुन कुमार खाँण, चापाकोट नगर ने.का. सभापति बिक्रम बहादुर सारुद्वारा नव निर्वाचित वि.व्य.स. तथा शि.अ.सं. का पदाधिकारीहरुलाई शुभकामना दिनुहुँदै विद्यालयको उन्नयनको लागि आफूहरु सदैब समर्पित रहेको र विद्यालयको समृद्धिको लागि आफूहरु कटिबद्ध रहने प्रतिबद्धतारुपी मन्तव्य व्यक्त भयो ।
अध्यक्ष, शिक्षा शाखा प्रमुख, जिल्ला समन्वय समिति र अतिथिहरु
कार्यक्रममा शिक्षा शाखा प्रमुख मनोज सिर्मलले हाल कार्यान्वयनमा आएको कक्षा १-३ मा सतप्रतिशत निरन्तर विद्यार्थी मूल्यांकन र ४-१० कक्षाको परियोजना कार्य र प्रयोगात्मक कार्यको अभिप्राय, प्रभावकारिता तथा महत्वको बारेमा स्पस्ट पार्नुभयो । कार्यक्रमको केन्द्रबिन्दुको रुपमा रहनुभएको प्रमुख अतिथि तथा नगर प्रमुख देव बहादुर खाँणले विद्यालको गुणस्तर वृद्धिको लागि थप १ वटा मा.वि. संघिय अनुदान कोटाको गणित शिक्षकको व्यवस्था गरिदिने बाचा गर्नुभयो । उहाँले विद्यालयमा मात्र नभई समग्र वडा नं. ४ को विकासको लागि मोटरबाटो लगायत अन्य विविध शिर्षकमा बजेटको व्यवस्था भएको कुरा जानकारी गराउनुभयो ।
ने.का. सभापति बिक्रम सारु र वडाध्यक्ष अर्जुन खाँण
कक्षा ९ र १० का विद्यार्थीहरुले शिक्षा विषयको परियोजना कार्यको रुपमा वि.व्य.स. गठन प्रकृयाको अवलोकन गरि स्थलगत रिपोर्टिङ समेत तयार पारेका थिए । यस कार्यमा शिक्षा शाखा प्रमुख र विद्यालयको शिक्षकहरुले सहजकर्तारुपमा भूमिका निर्वाह गर्नुभयो ।
वि.व्य.स. गठन प्रकृयाको बारेमा स्थलगत परियोजना कार्य तयार गर्दै कक्षा ९ र १० का विद्यार्थीहरु
कार्यक्रमको अन्त्यमा नव निर्वाचित वि.व्य.स. र शि.अ.सं. का पदाधिकारीहरुलाई अविर र खादा लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्तकासाथ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रम सफलताकासाथ सम्पन्न गराई दिनुभएकोमा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्ण अभिभावक ज्यूहरुलाई हार्दिक धन्यवाद !

(सम्बन्धित पोस्टहरु)
मिति २०८१ भाद्र १८ मा मनोनीत विद्यालय व्यवस्थापन समितिहरु

मिति २०८१ भाद्र १८ मा मनोनीत विद्यालय व्यवस्थापन समितिहरु

यस श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०८१ भाद्र १८ गते मंगलबार मनोनीत विद्यालय व्यवस्थापन समितिहरु निम्नानुसार रहेका छन् ।
तिलक बहादुर खाँण
तिलक बहादुर खाँण
पद: अध्यक्ष
ठेगाना: चा.न.पा.-४, घुर्लिचौर
सम्पर्क नं.: 9800799944
केशर बहादुर खाँण
केशर बहादुर खाँण
पद: सदस्य
ठेगाना: चा.न.पा.-४, घुर्लिचौर
सम्पर्क नं.: 9825141134
नेत्र बहादुर थापा
नेत्र बहादुर थाप
पद: सदस्य
ठेगाना: चा.न.पा.-४, भण्टाबारी
सम्पर्क नं.: 9819147745
इन्द्रा खाँण
इन्द्रा खाँण
पद: सदस्य
ठेगाना: चा.न.पा.-४, घुर्लिचौर
सम्पर्क नं.: 9805873666
याम कुमारी खाँण
याम कुमारी खाँण
पद: सदस्य
ठेगाना: चा.न.पा.-४, घुर्लिचौर
सम्पर्क नं.: 9819276789
देवी बि.क.
देवी बि.क.
पद: सदस्य
ठेगाना: चा.न.पा.-४, मल्याङ्कोट
सम्पर्क नं.: 9817135231
मेख बहादुर गुरुङ
मेख बहादुर गुरुङ
पद: सदस्य (वडा सदस्य)
ठेगाना: चा.न.पा.-४, लग्दा
सम्पर्क नं.: 9856050159
पशुपति पौडेल
पशुपति पौडेल
पद: शिक्षक प्रतिनिधि सदस्य
ठेगाना: चा.न.पा.-४, रमालीगाउँ
सम्पर्क नं.: 9846122777
लेस बहादुर खाँण
लेस बहादुर खाँण
पद: सदस्य सचिव
ठेगाना: चा.न.पा.-४, घुर्लिचौर
सम्पर्क नं.: 9804176284
अपडेट
लोडिङ हुँदै छ...