8/18/2024

डेङ्गु नियन्त्रण सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रममा लिइएको केही तस्बिरहरू

डेङ्गु नियन्त्रण सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रममा लिइएको केही तस्बिरहरू

आज मिति २०८१ भाद्र २ गते आइतबार श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा डेङ्गु रोग परीक्षण तथा रोग नियन्त्रण सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम चापाकोट नगरपालिका स्वास्थ शाखा र मल्याङ्कोट स्वास्थ्य चौकी, चापाकोट वडा नं. ४ का स्वास्थ्यकर्मीहरुको सहजीकरणमा सफलतापूर्वक सम्पन्न भयो । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू ❣️
जनैपूर्णिमाको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना

जनैपूर्णिमाको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना

श्री सम्बन्धित सबैमा,

विषय (Sub): सार्वजनिक विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खडगकाली मा.वि. चापाकोट-४, स्याइजामा भोली मिति २०८१ भाद्र ३ गते सोमबार जनैपूर्णिमा (रक्षाबन्धन) को अवसरमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

8/16/2024

खड्गकाली मा.वि. मा २०८१ साउन ३२ गते स्टाफ मिटिङको क्रममा लिइएको तस्बिरहरू

खड्गकाली मा.वि. मा २०८१ साउन ३२ गते स्टाफ मिटिङको क्रममा लिइएको तस्बिरहरू

श्री खड्गकाली मा.वि., चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा २०८१ साउन ३२ गते स्टाफ मिटिङको क्रममा लिइएको तस्बिरहरू ❣️

8/15/2024

रिजन क्षेत्रीले जन्मदिनको उपलक्ष्यमा विद्यालयको जुनियर रेडक्रस कोषमा आर्थिक सहयोग गर्दै

रिजन क्षेत्रीले जन्मदिनको उपलक्ष्यमा विद्यालयको जुनियर रेडक्रस कोषमा आर्थिक सहयोग गर्दै

स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं. ४ निवासी यस श्री खड्गकाली मा.वि.को कक्षा ६ मा अध्ययनरत छात्र 'रिजन क्षेत्री'ले आज मिति २०८१ साउन ३१ गते आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यालयको जुनियर रेडक्रस कोष स्थापनार्थ आर्थिक सहयोग गरेका छन् । उनलाई विद्यालय परिवार धन्यबाद ज्ञापन गर्दै जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

8/12/2024

हार्दिक श्रद्धाञ्जली - बेनिसा वि.क.

हार्दिक श्रद्धाञ्जली - बेनिसा वि.क.

स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं. ९, घारी स्थायी घर भई हाल कोटगाउँ निवासी यस श्री खड्गकाली मा.वि. चापाकोट–४, स्याङ्जामा अध्ययनरत कक्षा के.जी.को जेहन्दार छात्रा बेनिसा वि.क.को मिति २०८१ साउन २६ गते कान्ति बाल अस्पताल, काठमाडौंमा उपचारको क्रममा अल्पायुमा भएको अकल्पनीय र अप्रत्यासित निधनले हाम्रो विद्यालय परिवार अत्यन्त मर्माहत भएका छौँ । यस दुःखद् घडीमा दिवंगत आत्माको चीर शान्तिको कामनाका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

श्री खड्गकाली मा.वि. परिवार
चापाकोट–४, स्याङ्जा


8/09/2024

कक्षा १-३ का विद्यार्थीहरु नृत्य अभ्यास गर्दै र ४-१० का विद्यार्थीहरु उपलब्धि अभिवृद्धि योजना (SARP) फारम भर्दै

कक्षा १-३ का विद्यार्थीहरु नृत्य अभ्यास गर्दै र ४-१० का विद्यार्थीहरु उपलब्धि अभिवृद्धि योजना (SARP) फारम भर्दै

कक्षा १-३ का विद्यार्थीहरु नृत्य अभ्यास गर्दै
श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८१ साउन २५ गते शुक्रबार अतिरिक्त कृयाकलाप अन्तर्गत १-३ का विद्यार्थीहरु नृत्य अभ्यास गर्दै र ४-१० का विद्यार्थीहरु उपलब्धि अभिवृद्धि योजना (SARP) फारम भर्दै ।
कक्षा ९ का विद्यार्थीहरु SARP फारम भर्दै
कक्षा ८ का विद्यार्थीहरु SARP फारम भर्दै
कक्षा ७ का विद्यार्थीहरु SARP फारम भर्दै
कक्षा १० का विद्यार्थीहरु SARP फारम भर्दै
कक्षा ४ का विद्यार्थीहरु SARP फारम भर्दै
कक्षा ६ का विद्यार्थीहरु SARP फारम भर्दै
कक्षा ५ का विद्यार्थीहरु SARP फारम भर्दै

8/06/2024

चापाकोट नगरस्तरीय प्रथम त्रैमासिक परीक्षा २०८१ (कक्षा ४-१०) को समयतालिका

चापाकोट नगरस्तरीय प्रथम त्रैमासिक परीक्षा २०८१ (कक्षा ४-१०) को समयतालिका

चापाकोट नगरस्तरीय प्रथम त्रैमासिक परीक्षा २०८१ (कक्षा ४-१०) को समयतालिका यस प्रकार रहेको छ ।


8/04/2024

प्रवेश पत्र वितरण सम्बन्धमा जरुरी सूचना

प्रवेश पत्र वितरण सम्बन्धमा जरुरी सूचना

मिति २०८१ साल बैशाख २३ गते बुधबारदेखि सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) को पुरक (ग्रेडबृद्धि) परीक्षामा सहभागी हुन गइरहनुभएको यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको विद्यार्थीहरुले भोली मिति २०८१ साउन २१ गते सोमबारसम्म प्रवेश पत्र लिन तथा अन्य छलफल प्रयोजनको लागि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
* पुनश्च: परीक्षा पूर्णामृत भवानी मा.वि. वालिङमा सञ्चालन हुनेछ ।


अपडेट
लोडिङ हुँदै छ...