फूलबारीमा फूल रोप्दै खड्गकाली मा.वि. का विद्यार्थीहरु
श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जा मिति २०८१ जेठ ३२ फूलबारीमा फूलहरु रोप्दै गर्दा लिइएको विद्यार्थीहरुको केही तस्बिरहरू ❤️
तहगत रुपमा छुट्टाछुट्टै सञ्चालन भएको हाजिरीजवाफ प्रतियोगितामा कक्षा १-५ तर्फ प्रथम कञ्चनजंघा सदन, द्वितीय अन्नपूर्ण, तृतीय सगरमाथा र चुतुर्थ मनास्लु सदन भएका छन् । त्यसैगरी कक्षा ६-१० मा भने प्रथम कञ्चनजंघा सदन, द्वितीय मनास्लु सदन, तृतीय अन्नपूर्ण र चतुर्थ सगरमाथा सदन भएका छन् । कार्यक्रमको प्रमुख अतिथि प्रधानाध्यापक लेस बहादुर खाँण हुनुहुन्थ्यो । प्रतियोगिता सम्पन्न भएपश्चात विभिन्न स्थान हासिल गर्न सफल सम्पूर्ण प्रतियोगीहरुलाई सहायक प्रधानाध्यापक पशुपति पौडेल र राजेन्द्र बहादुर थापाले अबिर साथै प्रमुख अतिथीको रुपमा रहनुभएको लेस बहादुर खाँणले पुरस्कार हस्तान्तरण गर्नुभयो ।
बालिका मैत्रीको अध्यक्ष स्मृति बि.सी.को अध्यक्ष्यतामा सञ्चालन भएको औपचारिक कार्यक्रम सचिब हिमानी खाँणले सञ्चालन गरेका थिए ।