श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर स्याङ्जामा मिति २०८१ वैशाख २५ गते ६१ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताकासाथ सम्पन्न भयो ।
कार्यक्रमको प्रमुख अतिथि चापाकोट नगरपालिकाका नगर प्रमुख श्री देव बहादुर खाँण (ईश्वर) रहनुभएको थियो । विशिष्ट अतिथिमा चापाकोट नगर उपप्रमुख ईशा राना, चापाकोट शिक्षा शाखा प्रमुख मनोज सिर्मल,जिल्ला समन्वय समिति स्याङ्जाका सदस्य गिता खाँण एवं चापाकोट वडा नं-४, का पूर्व वडाध्यक्ष बिक्रम सारु रहनुभएको थियो । समारोहमा वडा नं.-४ सदस्य, वि.ब्य.स. पूर्व अध्यक्ष, भू.पू. शिक्षक, विद्यालय संस्थापक, सल्लाहकार, चन्दादाता, अक्षयकोषदाता, राजनितीक दलका प्रतिनिधि, शिक्षक अभिभावक संघ, आमा समूह, टोल शिक्षा समितिका सदस्य एवम् युवाक्लवका प्रतिनिधिहरु अतिथिको रुपमा रहनुभएका थिए । छिमेकी विद्यालयका विद्यार्थी, शिक्षक, वाल क्लव, रेडक्रस लगायत अन्य विभिन्न संघ संस्थाका व्यक्तित्व, वर्तमान तथा भू.पू. विद्यार्थी, अभिभावकहरुको उल्लेख्य उपस्थित रहेको थियो ।
कार्यक्रममा शिक्षक राजेन्द्र बहादुर थापाद्वारा स्वागत मन्तव्य व्यक्त भयो । विद्यालयका प्रधानाध्यापकले आ.व. २०८०/०८१ को सरकारी तथा आन्तरिक स्रोतको आय-व्यय तथा आर्थिक कारोबारको बारेमा पारदर्शी विवेचना प्रस्तुत गर्नुभयो । उहाँले जनप्रतिनिधिहरु समक्ष आगामी शैक्षिक सत्रको निम्ति आधारभूत विद्यालयीय भौतिक तथा शैक्षिक पूर्वाधारहरुको संक्षिप्त मागपत्र समेत प्रस्तुत गर्नुभयो । विद्यालयको परीक्षा संयोजक शिक्षक जगदिशप्रसाद यादवले वर्तमान अवस्थाको भन्दा अब्बल खालको शैक्षिक उपलब्धि हासिल गर्ने गरि आगामी शैक्षिक सत्रलाई थप फलदायी बनाउने प्रतिबद्धता जाहेर गर्दै आफ्नो मनतब्य दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनुभएको नगर उपप्रमुख ईशा रानाले ६१ औं वार्षिकोत्सव मनाउन सफल भएकोमा समग्र विद्यार्थी र विद्यालय परिवारलाई बधाई दिनुहुँदै आगामी दिनहरुमा विद्यालयको शैक्षिक उन्नयनमा आफूहरुले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । एवम् रितले अन्य आमन्त्रित अतिथिहरुद्वारा पनि मन्तव्य व्यक्त भयो ।
|
विद्यालय सर्वोत्कृष्ट पुरस्कार ग्रहण गर्दै वर्षा खाँण |
|
BLE उत्कृष्ट पुरस्कार ग्रहण गर्दै अप्सरा थापा |
कार्यक्रममा वार्षिक परीक्षा - २०८० को नतिजाको पुरस्कार वितरण, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयको अक्षयकोषको ब्याज रु. ४० हजारबाट जनही रु. १०००/- का दरले २४ जनालाई छात्रवृत्ति वितरण, माध्यमिक शिक्षा परीक्षा (SEE) २०७९ को उत्कृष्ट २ जना छात्र र छात्राहरु संगमराज पंगेनी र सन्ध्या अर्याललाई जनही नगद रु. ५०००/- र प्रमाणपत्र; आधारभूत तह परीक्षा (BLE) २०८० को विद्यालय उत्कृष्ट अप्सरा थापालाई नगद रु. ३०००/-, शैक्षिक सामाग्री र प्रमाणपत्र तथा २०८० को बार्षिक परीक्षामा सर्बोत्कृष्ट अंक ल्याई विद्यालय प्रथम हुन सफल छात्रा वर्षा खाँणलाई पनि नगद रु. ३०००/-, शैक्षिक सामाग्री र प्रमाणपत्र प्रदान गरियो । माध्यमिक तह परीक्षा २०७९ को नेपाली विषयमा उत्कृष्ट जि.पि.ए. ल्याएकोले विद्यार्थीहरु सबिना खाँण, कृष्ण क्षेत्री र अप्सरा बि.क. लाई महेन्द्र मा.वि., दिसिङकोटबाट निर्मलटुका अक्षयकोषको छात्रवृत्ति जनही रु. १,०००/- दरले प्रदान गर्नुभएको पुरस्कार हस्तान्तरण गरियो ।
|
उत्कृष्ट अभिभावक पुरस्कार ग्रहण गर्दै इन्द्रा खाँण |
त्यसैगरी, उत्कृष्ट अभिभावकको रुपमा चापाकोट-४, तल्लो घुर्लिचौर निवासी पूर्व वि.व्य.स. सदस्य तथा वडा नं. ४ पूर्व वडा सदस्य इन्द्रा खाँण र चापाकोट-४, डुण्डाँडा (हाल पोखरा) निवासी शिवराज मल्ल सम्मानित हुनुभयो ।
आफ्नो दिवंगत पति/पिता/ससुरा चित्र बहादुर शाहीको स्मृतीमा विद्यालयमा अध्ययनरत गरीव तथा जेहेन्दार विद्यार्थीहरुका लागि रु. दुई लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएकोले चापाकोट-४, घुर्लिचौर (हाल यु.के.) निवासी श्री शिव कुमारी शाही, दिपेन्द्रध्वज शाही र मिना शाहीलाई सम्मानित गरियो । दिवंगत पिता लाल बहादुर खाँण र माता पुर्ण कुमारी खाँणको स्मृतिमा जिल्ला समन्वय सदस्य तथा वि.व्य.स सदस्य गीता खाँणबाट रु. २० हजारको अक्षय कोष स्थापना भएको छ ।
शिक्षक गोकर्ण जि.सी.लाई कार्यसम्पादनको आधारमा उत्कृष्ट शिक्षक र शिक्षक कोपिला के.सी रोकालाई कक्षा १० (SEE-२०७९) को नेपाली विषयको नतिजाको आधारमा मूल्यांकन गर्दै सम्मानित गरियो । शिक्षक पशुपति पौडेललाई शिक्षकहरुको हकहितको निम्ति आवज उठान गर्ने शुभेच्छुक संस्था नेपाल शिक्षक संघ, स्याङ्जा कार्यसमितिको अध्यक्ष पदमा नवौं महाधिवेशनबाट चयन हुनुभएकोमा बधाई ज्ञापन गर्दै सम्मानित गरियो ।
|
सम्मान ग्रहण गर्दै शिक्षक गोकर्ण जिसी |
|
सम्मान ग्रहण गर्दै शिक्षक कोपिला रोका |
|
सम्मान ग्रहण गर्दै शिक्षक पशुपति पौडेल |
शैक्षिक सत्र २०८० को उत्कृष्ट विद्यार्थी (Student of The Year 2080) हाल कक्षा ९ मा अध्यनरत छात्रा अप्सरा थापा भएको छ । उनलाई वि.व्य.स.पूर्व अध्यक्ष देबेन्द्र खाँणले बेस्ट स्टुडेन्ट जर्सी, प्रमाणपत्र र अन्य पुरस्कारले सम्मान गर्नुभयो । वार्षिक परीक्षा २०८० मा विभिन्न स्थान हाँसिल गर्न सफल, अनुशासित, सरसफाइ लगायत सर्वाधिक हाजिरी भएका विद्यार्थीहरुको साथै अतिरिक्त कृयाकलाप तर्फ अन्तर-सदनात्मक छात्र (पुरुष) भलिवल, हिसाब दौड, चम्चा गुच्चा दौड, सम्झना खेल, भित्र-बाहिर खेल लगायत अन्य विभिन्न विधामा विजेता तथा उपविजेता सबैलाई पुरस्कार प्रदान गरियो । कार्यक्रममा वाल क्लव तथा विद्यार्थीहरुको बेजोड साँस्कृतिक प्रस्तुति र सामाजिक विसंगति बिरुद्ध सडक नाटक समेत प्रस्तुत भयो ।
|
मनतब्य दिँदै शिक्षा प्रमुख मनोज सिर्मल |
कार्यक्रममा बोल्दै चापाकोट नगरपालिका शिक्षा प्रमुख मनोज सिर्मलले नगरको शिक्षाको स्तर उकास्न आफू कटिबद्ध रहेको शिक्षकहरुको पेशागत दक्षता अभिवृद्धिको लागि वार्षिक न्युनतम ३ पटक शिक्षक तालिम सञ्चालन गर्ने, कक्षा १-३ को मूल्यांकनलाई पाठ्यक्रमले निर्दिष्ट गरेको ढाँचामा अनिवार्य कार्यान्वयन गराउने र शैक्षिक गुणस्तरको निम्ति सम्पूर्ण नगरबासी अभिभावकहरुसंग अन्तरक्रिया गर्न आफू प्रतिबद्ध रहेको कुरा बताउनुभयो । नगर प्रमुख देब बहादुर खाँण (ईश्वर)ले खड्गकाली मा.वि. आफूले विगतमा अध्यापन गरेको विद्यालय भएको र आगामी दिनहरुमा विद्यालयको शैक्षिक उन्नयनमा प्रतिबद्ध रहने बाचा गर्नुभयो ।
|
मनतव्य व्यक्त गर्दै नगर प्रमुख देव बहादुर खाँण (ईश्वर) |
६१ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको सभापति वि.व्य.स. अध्यक्ष श्री तिलक बहादुर खाँण हुनुहुन्थ्यो भने कार्यक्रम उद्घोषण शिक्षक कोपिला केसी रोकाद्वारा भएको थियो । कार्यक्रमको अन्तिममा जलपान कार्यक्रम पश्चात् कार्यक्रम विधिवत रुपमा सम्पन्न भयो ।
|
कार्यक्रमको अन्तिममा सामूहिक तस्बिर लिँदै विद्यालय परिवार |