4/12/2024

लग्दामा घरदैलो तथा टोल शिक्षा समिति गठनको क्रममा लिइएको केही तस्बिरहरू

लग्दामा घरदैलो तथा टोल शिक्षा समिति गठनको क्रममा लिइएको केही तस्बिरहरू

आज मिति २०८० चैत्र ३० गते शुक्रबार लग्दामा श्री खड्गकाली मा.वि. परिवारद्वारा विद्यार्थी घर दैलो कार्यक्रम सम्पन्न भयो । साथै, तपसिल बमोजिमको टोल शिक्षा समिति समेत गठन कार्य भयो ।
समितिहरू:
१. अध्यक्ष: मेख बहादुर गुरुङ - 9817174476
२. सचिव: (शिक्षक प्रतिनिधी) उम बहादुर गुरुङ (बिकास) - 9817106847
३. सदस्य: खिम ब. गुरुङ (क्युँदु) - 9829159978
४. सदस्य: उमादेवी गुरुङ - 9816676230
५. सदस्य: सनमाया गुरुङ - 9805814453
६. सदस्य: नर बहादुर गुरुङ - 9819147822
७. सदस्य: भिमा कुवँर - 9824127286
८. सदस्य: सारदा कुँवर - 9817508688
९. सदस्य: बिपना गुरुङ - 9813031515
१०. सदस्य: हरी बहादुर सिंह - 9827197494
११. सदस्य (विद्यार्थी प्रतिनिधी): संगम गुरुङ

सल्लाहकारहरू:
- एकेन्द्र गुरुङ - 9817116591
- खिम बहादुर गुरुङ (भाइरथान) - 9827197756
- ओम बहादुर गुरुङ - 9825489496
- मेघ बहादुर सिंह - 9846357825
- गौमती गुरुङ - 9819156130
- चित्र बहादुर कुँवर - 9823377718
- इन्द्रा गुरुङ - 9816144105
- भेलेन्द्र गुरुङ - 9826693078
- गोबिन्द सिंह
- तारा बहादुर  सिंह
श्री खड्गकाली मा.वि.को शैक्षिक सत्र २०८० को चापाकोट नगरपालिका स्तरीय आधारभूत तह परीक्षा २०८० मा उत्तीर्ण विद्यार्थीहरु

श्री खड्गकाली मा.वि.को शैक्षिक सत्र २०८० को चापाकोट नगरपालिका स्तरीय आधारभूत तह परीक्षा २०८० मा उत्तीर्ण विद्यार्थीहरु

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको मिति २०८०/१२/०२ देखि २०८०/१२/९ गतेसम्म सञ्चालन भएको नगर स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा-२०८० मा चापाकोट नगर शिक्षा समितिको मिति २०८० चैत्र २९ गतेको निर्णय बमोजिम यस श्री खड्गकाली मा.वि.को तपसीलका विद्यार्थीहरु उत्तीर्ण भएको जानकारी गराइन्छ ।
चापाकोट नगरपालिकाको आधारभूत तह परीक्षा २०८० को विद्यालयगत नतिजा

चापाकोट नगरपालिकाको आधारभूत तह परीक्षा २०८० को विद्यालयगत नतिजा

चापाकोट नगरपालिकाको आधारभूत तह परीक्षा २०८० (BLE 2080) विद्यालयगत नतिजा 🎊🎉✨


पुनश्च: खड्गकाली मा.वि. को GPA सहितको नतिजापछि सार्वजनिक हुनेछ ।

4/10/2024

२०८० चेैत्र २८ गते भर्ना हुन आउनुभएको केही विद्यार्थी तथा अभिभावकहरुको तस्बिरहरू

२०८० चेैत्र २८ गते भर्ना हुन आउनुभएको केही विद्यार्थी तथा अभिभावकहरुको तस्बिरहरू

आज मिति २०८० चेैत्र २८ गते बुधबार श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा भर्ना हुन आउनुभएको केही विद्यार्थी तथा अभिभावकहरूको तस्बिरहरु ❤️

ईद–उल फित्रको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना

ईद–उल फित्रको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना


विषयः विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८० चैत्र २९ गते बिहीबार ईद–उल फित्रको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्च: ३० गते शुक्रबार यथावत समयमा नियमित भर्ना कार्यक्रम सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।


4/09/2024

२०८० चेैत्र २७ गते भर्ना हुन आउनुभएको केही विद्यार्थी तथा अभिभावकहरुको तस्बिरहरू

२०८० चेैत्र २७ गते भर्ना हुन आउनुभएको केही विद्यार्थी तथा अभिभावकहरुको तस्बिरहरू

मिति २०८० चेैत्र २७ गते मंगलबार श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा भर्ना हुन आउनुभएको केही विद्यार्थी तथा अभिभावकहरूको तस्बिरहरु ❤️


4/08/2024

२०८० चेैत्र २६ गते भर्ना हुन आउनुभएको केही विद्यार्थी तथा अभिभावकहरुको तस्बिरहरू

२०८० चेैत्र २६ गते भर्ना हुन आउनुभएको केही विद्यार्थी तथा अभिभावकहरुको तस्बिरहरू

आज मिति २०८० चेैत्र २६ गते श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा भर्ना हुन आउनुभएको केही विद्यार्थी तथा अभिभावकहरूको तस्बिरहरु ❤️



4/07/2024

श्री खड्गकाली मा.वि.मा शैक्षिक सत्र २०८१ को लागि भर्ना खुल्यो

श्री खड्गकाली मा.वि.मा शैक्षिक सत्र २०८१ को लागि भर्ना खुल्यो

विगत ६१ वर्ष देखि विशुद्ध शैक्षिक विकासमा समर्पित र स्याङ्जा जिल्लाको शैक्षिक इतिहासमा गुणस्तरीय शिक्षाको छवि प्रदान गर्न सफल साथै विगतका माध्यमिक तह परीक्षा (SEE) र आधारभूत तह परीक्षा (BLE) मा उत्कृष्ट नतिजासमेत दिइसकेका यस श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा गुणस्तरीय, समय सापेक्ष, वैज्ञानिक, ब्यवहारिक तथा निःशुल्क एवम् सर्वसुलभ शिक्षाको लागि सुरक्षित तथा आकर्षक विद्यालय भवन, खेलकुद, विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर तथा आइसिटी, पर्याप्त शैक्षिक सामाग्री लगायत आधुनिक प्रविधिले सज्जित भौतिक पूर्वाधार तथा सुविधाहरूमा व्यापक लगानी गर्दै नयाँ शैक्षिक सत्र २०८१ को "सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता" भन्ने मूल नाराका साथ लागि मिति २०८० चैत २६ गतेबाट कक्षा नर्सरीदेखि कक्षा १० सम्म भर्ना खुलेको कुरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सहर्ष जानकारी गराउँछौं । 
कक्षा नर्सरीदेखि कक्षा ५ सम्म निःशुल्क अंग्रेजी माध्यमबाट पठनपाठन हुने र अन्य कक्षाहरूमा सर्वसुलभ अतिरिक्त कक्षा लगायत प्रविधि उन्मुख गुणस्तरीय शिक्षामा समर्पित यस विद्यालयमा समयमै आफ्ना नानीबाबुहरुलाई भर्ना गराई निःशुल्क पाठ्यपुस्तक लिन आउनुहोला ।

हाम्रा विशेषताहरुः
  • आधुनिक युग सुहाउँदो शिक्षण पद्दतिहरुको पूर्ण अवलम्बन गरिने ।
  • कम्प्युटर, स्मार्ट बोर्ड, मल्टिमिडिया प्रोजेक्टर, विद्यालयले विकास गरेको शैक्षिक पोर्टल र मोबाइल एप तथा आधुनिक आइसिटी प्रविधिको माध्यमबाट पठन-पाठन गराइने ।
  • स्वच्छ र आरामदायी बालमैत्री कक्षाकोठा, खानेपानी र शौचालयहरूको व्यवस्था ।
  • जीवनोपयोगी शिक्षामा विशेष जोड दिइ बाल मनोविज्ञान तथा आधुनिक शिक्षण पद्दतिहरुको अवलम्बन र योग्य तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने ।
  • विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्वि गर्न नियमित परीक्षा तथा उपलब्धी मापनको विविध अवधारणाहरू आत्मसाथ गरिने ।
  • हरेक शुक्रबार चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डर तथा विद्यालयको वार्षिक कार्यपात्राको आधारमा अतिरिक्त कृयाकलाप सञ्चालन गरिने ।
  • विद्यार्थीहरुको सामाजिक भावनाको विकास, नेतृत्व कला तथा हक हितको उठानको निम्ति बालिका मैत्री समिति, वाल क्लव, रेडक्रस तथा अन्य संगठनहरुको गठन गरि कार्यक्रमहरु सञ्चालन गरिने ।
  • गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयको अक्षय कोषद्वारा छात्रावृत्ति प्रदान गरिने । 
  • नगर स्तरिय तथा माध्यमिक शिक्षा परिक्षा (SEE), आधारभूत तह परीक्षा (BLE) र विद्यालय उत्कृष्ट नतिजा ल्याउनेलाई विद्यालयद्वारा पुरस्कृत गरिने ।
  • आधारभूत तह (कक्षा ५) सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयकै चमेना गृहमा पोसिलो दिवा खाजाको व्यवस्था हुने ।
  • शिक्षक, विद्यार्थी र अभिभावकहरु बिच त्रिकोणात्मक सम्बन्ध स्थापना गर्न समयसमयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहने ।
  • अतिरिक्त कक्षा (टिउसन तथा कोचिङ) को व्यवस्था र कुनै पनि पिरियड खाली नहुने गरि खाली पिरियड व्यवस्थापन गरिने ।
  • निरन्तर विद्यार्थी सुरक्षा तथा निगरानीको निम्ति विद्यालयको सम्पूर्ण हाताभित्र २४ सै घण्टा सेक्युरिटी क्यामेराको व्यवस्था गरिएको ।
पुनश्च: भर्ना हुन आउँदा हरेक विद्यार्थीहरुले पुरानो पाठ्यपुस्तकको साथमा अभिभावक अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ र विद्यार्थी आचार संहिता फारम भरेपछि मात्र भर्ना गरिनेछ । सम्भव भएसम्म जन्मदर्ता लिएर आउनुहोला । भर्ना पश्चात सम्पूर्ण विद्यार्थीहरुलाई निःशुल्क नयाँ पाठ्यपुस्तक वितरण गरिने छ ।
अपडेट
लोडिङ हुँदै छ...