खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा मिति २०८० फागुन १८ गते कक्षा ९ का विद्यार्थीहरुद्वारा आयोजित कक्षा १० का विद्यार्थीहरुलाई बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रमको फोटो संग्रह ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा यही मिति २०८० फागुन १५ गते राष्ट्रिय मगर एकता दिवसको दिन चापाकोट नगरपालिकाले सार्वजनिक विदा सम्बन्धमा सूचना जारी गरेकाले पठनपाठन नियमित बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।
आज मिति २०८० फागुन ११ गते श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत बालक्लबको आयोजनामा सटपट (छेलो फ्याँक्ने) र दौड प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा ३-५ बिचमा सञ्चालन भएको १०० मिटर दौड दौड प्रतियोगितामा प्रथम कक्षा ५ को छात्र प्रशन्न खाँण, द्वितीय कक्षा ५ को छात्र अमृत पौडेल र तृतीय कक्षा ४ को प्रसान्त नेपाली भएका छन् । कक्षा ६-१० बिचमा सञ्चालन भएको छात्र सटपट प्रतियोगितामा कक्षा ९ का निरज गुरुङ र द्वितीय कक्षा ८ का हर्सित सारु भएका छन् ।
त्यसैगरी, कक्षा ६-१० कै छात्रा सटपट प्रतियोगितामा भने प्रथम प्रथम कक्षा ७ की इस्मी मल्ल र द्वितीय कक्षा ८ की अप्सना खाँण हुन सफल भएका छन् । खेल अरिरिक्त कृयाकलाप संयोजक गोकर्ण जि.सी., राजेन्द्र बहादुर थापा र अन्य शिक्षकहरुद्वारा सञ्चालन भएको थियो । प्रतियोगितामा विभिन्न स्थान हाँसिल गर्न सफल विद्यार्थीहरु विद्यालबाट पुरस्कृत हुनेछन् ।