10/06/2024

हार्दिक श्रद्धाञ्जली - कृष्ण कुमारी थापा

हार्दिक श्रद्धाञ्जली - कृष्ण कुमारी थापा

स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं. ४ निवासी यस श्री खड्गकाली मा.वि. का शिक्षक राजेन्द्र बहादुर थापाको धर्मपत्नी कृष्ण कुमारी थापा को मिति २०८१ असोज १६ गते ५८ वर्षको उमेरमा भएको अकल्पनीय र अप्रत्यासित निधनले हाम्रो विद्यालय परिवार अत्यन्त मर्माहत भएका छौँ । यस दुःखद् घडीमा दिवंगत आत्माको चीर शान्तिको कामनाकासाथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।
छोरा/बुहारीः 
हरी बहादुर थापा/चित्रा थापा
मनोज थापा/तुलसी थापा

छोरी/ज्वाइँहरुः 
– गंगा थापा/विजय थापा

भेनाजु/दिदीः 
– मदन बहादुर थापा/विष्णु कुमारी थापा

नाति/नातिनीः 
सुवास थापा, शिव थापा/सजना थापा, विज्ञा थापा

श्री खड्गकाली मा.वि. परिवार
चापाकोट–४, स्याङ्जा

9/23/2024

हार्दिक श्रद्धाञ्जली - सिता देवी यादव

हार्दिक श्रद्धाञ्जली - सिता देवी यादव


सप्तरी जिल्ला महादेवा गाउँपालिका वडा नं. ३ निवासी यस श्री खड्गकाली मा.वि. का माध्यमिक तह शिक्षक जगदिश प्रसाद यादवको ममतामयी माता सिता देवी यादव को मिति २०८१ भाद्र ३१ गते ७८ वर्षको उमेरमा भएको अकल्पनीय र अप्रत्यासित निधनले हाम्रो विद्यालय परिवार अत्यन्त मर्माहत भएका छौँ । यस दुःखद् घडीमा मृतात्माको चीर शान्तिको कामनाकासाथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

8/12/2024

हार्दिक श्रद्धाञ्जली - बेनिसा वि.क.

हार्दिक श्रद्धाञ्जली - बेनिसा वि.क.

स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं. ९, घारी स्थायी घर भई हाल कोटगाउँ निवासी यस श्री खड्गकाली मा.वि. चापाकोट–४, स्याङ्जामा अध्ययनरत कक्षा के.जी.को जेहन्दार छात्रा बेनिसा वि.क.को मिति २०८१ साउन २६ गते कान्ति बाल अस्पताल, काठमाडौंमा उपचारको क्रममा अल्पायुमा भएको अकल्पनीय र अप्रत्यासित निधनले हाम्रो विद्यालय परिवार अत्यन्त मर्माहत भएका छौँ । यस दुःखद् घडीमा दिवंगत आत्माको चीर शान्तिको कामनाका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

श्री खड्गकाली मा.वि. परिवार
चापाकोट–४, स्याङ्जा


6/23/2023

भावपूर्ण श्रद्वाञ्जली - शिव कुमार गिरी

भावपूर्ण श्रद्वाञ्जली - शिव कुमार गिरी

स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं. ४, दार्सिङ निवासी चापाकोट नगरपालिकाका पूर्व नगर प्रमुख तथा यस श्री खड्गकाली मा.वि.का सल्लाहकार श्री शिव कुमार गिरी ज्यूको मिति २०८० असार १ गते सवारी दुर्घटनाबाट भएको अकल्पनीय र अप्रत्यासित निधनले हाम्रो विद्यालय परिवार अत्यन्त मर्माहत भएका छौँ । यस दुःखद् घडीमा मृतात्माको चीर शान्तिको कामनाकासाथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

6/22/2023

भावपूर्ण श्रद्वाञ्जली - स्व. रुप कुमारी खाँण

भावपूर्ण श्रद्वाञ्जली - स्व. रुप कुमारी खाँण

स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं.–४, घुर्लिचौर निवासी श्री खड्गकाली मा.वि.का सल्लाहकार क्या. श्री टंक बहादुर खाँणको धर्मपत्नी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय समितिका प्रथम उपाध्यक्ष, लोकप्रिय गायक, सर्जक एवं मोडल श्री रामजी खाँण तथा श्री मौसम खाँणको पुजनीय ममतामयी माता रुप कुमारी खाँणको मिति २०८० जेठ ३० गते ६२ वर्षको उमेरमा भएको अकल्पनीय र अप्रत्यासित निधनले हाम्रो विद्यालय परिवार अत्यन्त मर्माहत भएका छौँ । यस दुःखद् घडीमा मृतात्माको चीर शान्तिको कामनाकासाथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

1/17/2023

भावपूर्ण श्रद्वाञ्जली - स्व. गोबिन्द बहादुर खाँण

भावपूर्ण श्रद्वाञ्जली - स्व. गोबिन्द बहादुर खाँण

स्याङ्जा जिल्ला, चापाकोट नगरपालिकाका नगर प्रमुख श्री देव बहादुर खाँण (इश्वर) ज्यूको पूज्यनीय पिता तथा विद्यालयको संस्थापक शिक्षक 'गोबिन्द बहादुर खाँण' को यहीँ मिति २०७९ माघ २ गते ७६ वर्षको उमेरमा भएको अप्रत्यासित र अकल्पनीय निधनले हामी सम्पूर्ण विद्यालय परिवारलाई निःशब्द र मर्माहत तुल्याएको छ । उहाँले यस विद्यालयको उन्नयनमा पुर्‍याउनुभएको अतुलनीय योगदानप्रति हामी सदैव रिनी रहनेछौँ । यस दुःखद घडीमा उहाँको आत्माको चिर शान्तीको कामना सहित भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछौं । साथै, शोकाकुल परिवारहरुमा भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।

श्री खड्गकाली मा.वि.
लेस बहादुर खाँण (प्र.अ)
तथा
सम्पूर्ण विद्यालय परिवार

9/27/2021

भावपूर्ण श्रद्वाञ्जली - श्री समर बहादुर शाही

भावपूर्ण श्रद्वाञ्जली - श्री समर बहादुर शाही

स्व. समर बहादुर शाही
स्व. समर बहादुर शाही
स्याङ्जा जिल्ला चापाकोट-४, घुर्लिचौर निवासी श्री विष्णुदेवी शाहीको पूजनीय जीवनसाथी; श्री पुष्पराज शाही, श्री उषा हमाल, श्री ममता मल्लको पूजनीय पिता तथा श्री खड्गकाली मा.वि. घुर्लिचौरको वि.व्य.स. को पूर्व अध्यक्ष, मा.वि. संस्थापक सदस्य, पूर्व शिक्षक एवम् विद्यालयको वर्तमान सल्लाहकार क्या. श्री समर बहादुर शाहीको गत मिति २०७८/५/३० गते उपचारको क्रममा ह्याम्स हस्पिटल, काठमाण्डौमा ६९ वर्षको उमेरमा भएको अप्रत्यासित र अकल्पनीय निधनले हाम्रो विद्यालय परिवारलाई निःशब्द र मर्माहत बनाएको छ ।
आफ्नो ३४ वर्षको निवृत्त भारतीय शैन्य जीवन पश्चात उहाँको अग्रसरतामा २०६५ सालबाट मा.वि. सञ्चालन, अंग्रेजी माध्यमबाट नर्सरी देखि ५ कक्षा सञ्चालनको नेतृत्व, विद्यालयको खेल मैदान तथा विद्यालय भवनको लागि जग्गा उपलव्ध लगायत समाजको लागि खानेपानी व्यवस्थापन, ग्रामिण मोटर बाटो, सामुदायिक भवन निर्माणको लागि जग्गा दान, भू.पू. सैनिकका पारिवारिक समस्याहरु समाधान जस्ता विद्यालय तथा समाजको प्रगतिका लागि हरपल चिन्तनशील, उर्जाशील, असल र अग्रज अभिभावक तथा सबैको मन मुटुमा बस्न सफल एउटा चम्किलो नक्षत्रको हामी माझबाट सदाको लागि अवसान हुनुभएकोले हाम्रो विद्यालय र समाजलाई अपूर्णनीय क्षति हुन पुगेको छ । उहाँको भौतिक शरिर यस धर्तीमा नरहेपनि उहाँले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक तथा सामाजिक पक्ष तर्फको चौतर्फी उन्नयनमा पुर्‍याउनुभएको प्रशंसनीय र अनुकरणीय महत्वपूर्ण देनहरु अजर अमर बनेर हाम्रो मानसपटलमा सदासर्वदा स्मरणको रुपमा रहिरहनेछ । 
यस दु:खद घडीमा आज १३ औं दिनको पुण्य तिथिमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलिकासाथ मृतात्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

श्री खड्गकाली मा. वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जा
(विद्यालय परिवार)

8/22/2021

भावपूर्ण श्रद्वाञ्जली - श्री खिम बहादुर खाँण

भावपूर्ण श्रद्वाञ्जली - श्री खिम बहादुर खाँण

यस खड्गकालि मा.बि. चापाकोट-४, स्याङ्जाको पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिम बहादुर खाँणको असामायिक निधनको खबरले हामी सम्पूर्ण विद्यालय परिवारलाई स्तब्ध तुल्याएको छ । उहाँको आत्माको चिर शान्तीको कामना कामना सहिद भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछौं । साथै, शोकाकुल परिवारहरुमा भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।

साथै, विद्यालय तथा समग्र समाजले विकासप्रेमी व्यक्तित्व गुमाउनु परेको पिडाको शोक मनाउँदै आज मिति २०७८ भाद्र ६ गते विद्यालयको सम्पूर्ण कार्यालयीय कामकाज तथा पठनपाठन (अनलाइन कक्षा समेत) सञ्चालन नहुने व्यहोरा सम्पूर्ण विद्यार्थीहरुमा जानकारी गराइन्छ ।
अपडेट
लोडिङ हुँदै छ...