11/06/2023

खड्गकाली मा.वि.को ३ दिने शैक्षिक भ्रमण २०८० शुभारम्भको तस्बिर

खड्गकाली मा.वि.को ३ दिने शैक्षिक भ्रमण २०८० शुभारम्भको तस्बिर

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको ३ दिने शैक्षिक भ्रमण २०८० शुभारम्भ मिति २०८० कार्तिक २० गते बिहान ६:३० बजे ।

11/13/2019

शैक्षिक भ्रमण - २०७६ को क्रममा पाथिभरा मन्दिर अवलोकन गर्दै खड्गकाली माविका विद्यार्थी, शिक्षक र अभिभावकहरु

शैक्षिक भ्रमण - २०७६ को क्रममा पाथिभरा मन्दिर अवलोकन गर्दै खड्गकाली माविका विद्यार्थी, शिक्षक र अभिभावकहरु

पाथीभरा देवी विश्‍वास आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ। धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । "मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा गर्भवति, रजस्वला (नछुने वा पर सरेकी) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ" भन्ने जनधारणा रहिआएको छ ।
पाथिभरा देवी
पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्‍ट फलफूल तथा मिठाईको भोग चढाउँछन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ। त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि (एक किसिमको अनिवार्य रूपमा) चढाउने गर्दछन ।

11/12/2019

शैक्षिक भ्रमण - २०७६ को पहिलो दिन तनहुँको घाँसीकुवा अवलोकन गर्दै खड्गकाली मावि कक्षा ९ का विद्यार्थी, शिक्षक र अभिभावकहरु

शैक्षिक भ्रमण - २०७६ को पहिलो दिन तनहुँको घाँसीकुवा अवलोकन गर्दै खड्गकाली मावि कक्षा ९ का विद्यार्थी, शिक्षक र अभिभावकहरु

घाँसीलाई आदिकवि भानुभक्त आचार्यको प्रेरणका स्रोत मानिन्छ । घाँसीले गरेको कार्यबाट प्रभावित भई भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाएका थिए ।
तनहुँको सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब ५ किलोमिटरको दूरीमा घाँसीकुवा पर्छ । घाँसीले कुवा खनाएका कारण यो ठाउँको नाम घाँसीकुवा रहन गएको भनाइ छ ।
घाँसीलाई घाँस काटेरै कुवा खनाउने समाजसेवीका रूपमा लिइन्छ । यिनैको प्रेरणाबाट भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी भाषिक एकीकरण गरेका थिए । रामायणलाई नेपाली भाषामा अनुवाद गरी घरघरमा पढ्न सजिलो बनाएका भानुभक्तलाई धेरैले चिनेका छन् तर उनलाई प्रेरणा दिने स्रोतका रूपमा रहेका घाँसीलाई भने कसैले चिन्दैनन् ।
मोतीराम भट्टका अनुसार भानुभक्तले ‘घाँसी’ कविता विसं १८९१ मा लेखेका हुन् । नेपाली पाठक यति लामो समयसम्म परिचयविहीन घाँसीको प्रशंसा गरिरहेका छन् । घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । 
सडकभन्दा केही तल बुल्दीखोला किनारमा भएको कुवा घाँसीले खनाएको मानिन्छ । घाँसीकुवामा भानुभक्त पानी खान आएका थिए । त्यही भानु र घाँसीबीच वार्ता भएको थियो । घाँसीले बनाएको चौतारो पनि छ । यी सबै सूचनाको स्रोत मोतीराम भट्ट नै हुन् भन्ने विश्वास रहेको छ । घाँसीकुवाको पार्कमा राखिएको घाँसीको सालिक काल्पनिक हुन । घाँसी मगर वा रानाभाट हुने सम्भावना नभएको स्थानीयले बताउने गरेका छन् ।
आदिकविले लेखेको ‘घाँसी’ शिर्षकको कवितामा घाँसीलाई दरिद्रको संकेत गरेका कारण यहाँका स्थानीयले आफ्नो पुर्खा दरिद्र थिए भन्ने देखाउन नचाहेकाले पनि घाँसीको जन्मथलोर वंश पत्तालाग्न नसकेको कुरा स्थानीयहरुको भनाई पाइन्छ ।
(सन्दर्भ सामाग्री: कान्तिपुर)
शैक्षिक भ्रमण - २०७६ को पहिलो दिन पोखराको संग्राहलय अवलोकन गर्दै खड्गकाली माविका विद्यार्थी, शिक्षक र अभिभावकहरु

शैक्षिक भ्रमण - २०७६ को पहिलो दिन पोखराको संग्राहलय अवलोकन गर्दै खड्गकाली माविका विद्यार्थी, शिक्षक र अभिभावकहरु

शैक्षिक भ्रमण - २०७६ को क्रममा पोखराको संग्राहलय अवलोकन गर्दै खड्गकाली माविका समस्त विद्यार्थी, शिक्षक र अभिभावकहरु…
शैक्षिक भ्रमण २०७६ मा प्रस्थान गर्दै खड्गकाली माविका समस्त शिक्षक, अभिभावक तथा विद्यार्थीहरु

शैक्षिक भ्रमण २०७६ मा प्रस्थान गर्दै खड्गकाली माविका समस्त शिक्षक, अभिभावक तथा विद्यार्थीहरु

श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट–४, स्याङ्जाका विद्यार्थी, वि.व्य.स प्रतिनिधि, अभिभावक एवम् शिक्षकहरु मिति २०७६/०७/२५ देखि २०७६/०७/२९ गतेसम्म ५ दिनको निम्ति शैक्षिक भ्रमणमा प्रस्थान गर्दै ।

11/05/2018

शैक्षिक भ्रमणको क्रममा लुम्बिनीमा खड्गकाली मा.वि. का शिक्षक तथा विद्यार्थीहरु

शैक्षिक भ्रमणको क्रममा लुम्बिनीमा खड्गकाली मा.वि. का शिक्षक तथा विद्यार्थीहरु

लुम्बिनीमा सामुुुुहिक फोटोसेसन
लुम्बिनीमा गरिएको सामुुुुहिक फोटोसेसन
भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ ।
लुम्बिनीमा सामुुुुहिक फोटोसेसन
गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् । पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ । तथापि गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको रूपन्देही जिल्लाको लुम्बिनीमा भएको थियो भन्ने कुरामा दुईमत छैन । उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे। यही दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्वोधि प्राप्त भयो र उनी सम्यक सम्बुद्ध कहलाईए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउँ पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।
सिद्धार्थ गौतमका बाबु सुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्य छेेतृ बंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो । भनिन्छ रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् । त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो । असित ऋषिले बालकको नाम सिद्धार्थ नामकरण गरेका थिए । सिद्धार्थको अर्थ हुन्छ– सबै मनोकामनाले पूर्ण । उनी केही ठूला भए पछि उनको विधिवत् यज्ञोपवीत संस्कार गरिएको र सिद्धार्थलाई गायत्री मन्त्र सुनाउन स्वयं विश्वामित्रलाई नै आह्वान गरिएको कुरा आर्नोल्डले द लाइट अफ् एसिया पुस्तकमा उल्लेख गरेका छन् ।
सामान्य राजकुमारको झैं यिनको पनि उमेर पुगेपछि यशोधरा नामकी युवती सँग विवाह भएको थियो । यशोधराबाट राहुल नामका एक पुत्रको पनि जन्म भएको थियो । गौतम बुद्ध युवा छँदै बिरूढक नामका एक राजासित यिनले युद्ध पनि लडेको इतिहासले बताउँछ ।
बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो। दैनिकीकै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे । उनले मानिस मरेको पनि देखे । यसबाट उनमा बैराग्य पैदा भयो। मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? र के कारणले मर्छ? भन्ने प्रश्नले उनलाई बैरागी बनायो । यीनै प्रश्नको समाधान खोज्न बाबूको उत्तराधिकारमा आउने आफ्नो राज्यको समेत पर्वाह नगरी २९ वर्षको उमेरमा उनी एकदिन राति सुटुक्क दरवार छोडेर निस्किए ।
बैराग्यका कारण विभिन्न ठाउँमा भौंतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरेको इतिहासले देखाउँछ ।
बौद्ध धर्म उत्थानको कारण
अशोकले बुद्ध धर्मको प्रचारमा सर्वाधिक महत्त्वपूर्ण योगदान गरेको विवरण पाइन्छ । आफुले बौद्ध धर्म धर्म ग्रहण गरे पछि उनले आफ्ना सबै छोरा छोरीलाई बुद्धका उपदेश प्रचार गर्न चारैतिर पठाए । बौद्ध धर्मलाई राजकीय धर्म बनाएर बौद्ध विहार बनाउने, भिक्षुसंघलाई रावकीय सम्मान प्रदान गर्ने कार्य गरे । यस बाट बुद्ध धर्मको उत्थान हुन गयो । परवर्ती कालमा हिन्दु पण्डितहरुलाई शास्त्रार्थ गरेर हराउने परम्परा बस्यो । फलस्वरुप बौद्ध धर्ममा तार्किकताका सिद्धान्त विकसित भए । वैभाषिक, शून्यवाद इत्यादि दर्शनको विकास गर्न पछिल्ला बौद्ध अनुयायीहरुको योगदान रहेको छ ।

वैदिककालमा विषेश गरि दुई प्रकारको धार्मिक वादको मान्यता रहेको देखिन्छ - ब्राह्मणवाद र स्रमणवाद।ब्राह्मणहरु वेदमा विश्वास गर्थे भने स्रमणहरु अवैदिक थिए। स्रमणहरु आस्तिक र नास्तिक दुवै थिए । स्रमणहरु ब्रह्मचर्य पालन गर्थे तर ब्राह्मणहरु गृहस्थ थिए र वैदिक विधिनुसार मन्त्र ,जप ,दान, होम आदि अनुष्ठान गर्थे । होम आदिमा पशुबलिको प्रथा फस्टाएको थियो । विधि पुर्वक भएकोले यसलाई हिंसा मानिदैन थियो। पुरोहितहरु समाजमा उच्च बर्गमा गनिन्थे र वर्णाश्रम व्यवस्था फस्टाएर गयो । ब्राह्मणहरु विस्तारै सम्पत्ति र विलासी जिवनको मोहमा फस्दै गए । धर्मको डर ,त्रास देखाएर मानिसबाट अनियोचित दान माग्थे । मानिस सरल र दार्शनिक जगतमा व्याप्त विभिन्न वाद र मतको अराजकताबाट छुटकारा चाहन्थे । जनचाहनेको यहि तथ्यबाट गाैतम बुद्धले मध्यमार्गी धार्मिक र दार्शनिक धार प्रतिपादन गरेका थिए । समाजमा हिसाविरोधी मत बलियो देखिन थाल्यो , होमादिको सार्थकतामाथि प्रश्न उठाउन थालियो ,होमाथिबाट मुक्ति नहुने रहेछ भन्ने चेतना जागृत हुन थाल्यो ।यसरी विस्तारै मानिसहरु कर्मकाण्ड भन्दा विभिन्न दार्शनिक प्रश्नमा विचारविमर्स गर्न थाले र यस्तै परिवेशमा नेपालको लुम्विनीमा गाैतम वुद्धको जन्म भएको थियो।

बुद्धले आफ्ना शिक्षालाई धम्म-विनय भन्ने नाम दिए । विनय भन्नाले भिक्षुहरूका लागि बनाईएको नियमहरूको संग्रह बुझिन्छ भन्ने धम्म भन्नाले दु:खमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ । बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा संग्रहित गरिएको छ जसमा बुद्धका ८२,००० र उनका प्रमुख शिष्यहरूका २००० गरी ८४,००० सुत्र संग्रहित छ्न् ।

बुद्धले दु:ख मुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिदैंनथे । उनी भन्दथे, "भिक्षुहरू म दुई कुरा मात्र सिकाउंछु: दु:ख र दु:खमुक्तिको उपाय ।" बुद्धको प्रयोगत्मक् शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छ: शील, समधि र पज्ञा। शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो। शील, समधि र पज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्णरूपले बुझ्दै जान सकिन्छ। चार आर्यसत्यहरू यस प्रकार छन्:
  • दु:ख सत्य: दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध
  • दु:खको कारण सत्य: दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध
  • दु:खको निवारण सत्य: दु:खको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार
  • दु:खको निवारणको मार्ग सत्य: दु:खको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना।
आर्य अष्टांगिक मार्गलाई शील, समधि र पज्ञाको रूपमा पनि वर्गिकरण गर्ने गरिन्छ। बुद्धको केन्द्रिय दार्शनिक सिद्धान्त प्रतित्य-समुत्पाद हो। बुद्धले सम्पुर्ण आधारभुत गुणहरु अनित्य, दु:ख र अनात्मका बारेमा प्रकास पार्नु भयो। जसलाई बुद्धको आधारभुत सिद्धान्त रुपमा चिनिन्छ।
शिक्षक - गोकर्ण जिसी, दुर्गा सारु र शिव परियार लुम्बिनीमा
फोटो: दुर्गा सारु

11/04/2018

शैक्षिक भ्रमण २०७५ मा जानकी मन्दिर अवलोकन गर्दै खड्गकाली मा.वि. का शिक्षक तथा विद्यार्थीहरु

शैक्षिक भ्रमण २०७५ मा जानकी मन्दिर अवलोकन गर्दै खड्गकाली मा.वि. का शिक्षक तथा विद्यार्थीहरु

जानकी मन्दिरमा लिइएको सामुहिक तस्बिर
जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ ।
भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको तथा निर्माण गर्दा त्यस ताका ९ लाख रूपैया खर्च भएको भन्ने किंबदन्ति रहि आएको छ, त्यसैले यस मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वाषिर्क क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ । राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन-भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन् । प्रत्येक महिनाका पूणिर्मामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् । यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रयास जारि राखेको छ । धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रुपमा रहेको छ जानकीधाम ।
जानकी मन्दिर मुगल शैलीमा बनाईएको मन्दिर हो र यो तथ्यले यस मन्दिरलाई अझै पनि महत्वपूर्ण बनाउँछ । यो नेपालको क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो मन्दिर हो । मन्दिर निर्माणको सवा सय वर्ष जति मात्र भए पनि यसमा स्थापित राम-जानकीका प्रतिमा झन्डै सात सय वर्ष पुराना भएको संस्कृतिविद्को भनाइ छ । वि.सं. १४१७ मा भारतको राजधानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम-जानकीको प्रतिमा फेलापारेको बताइन्छ । १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा दान दिएको लिखत अझै छ ।
फोटो: दुर्गा थापा
अपडेट
लोडिङ हुँदै छ...