पूर्वनिर्धारित भर्ना कार्यकम स्थगित गरिएको सम्बन्धमा ।
प्रस्तुत विषयमा गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २०८१ माघ २० गतेबाट देशभरका शिक्षक तथा कर्मचारीहरु आन्दोलमा रहेको छ । यो आन्दोलनलाई अझ ससक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हडताल घोषणा भएकोले यस श्री खड्गकाली मा.वि. चापाकोट–४, स्याङ्जामा पूर्वनिर्धारत चैत्र २८ बाट सुरु हुने भनिएको शैक्षिक सत्र २०८२ को भर्ना कार्यक्रम तथा अन्य शैक्षिक गतिविधिहरु अर्को सूचना नआएसम्म स्थगित गरिएको छ । यो आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिदिनुहुन समस्त विद्यार्थी, अभिभावक, वि.व्य.स. लगायत सम्पूर्ण सरोकार पक्षसंग आग्रह गर्दछौं ।
सामाग्रीको प्रकृति : सूचना

Bikas Gurung
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Bikas Gurung
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment