2/21/2025

मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (तेस्रो पटक)

श्री सम्बन्धित सबैमा,

विषय: विज्ञापन सम्बन्धमा (तेस्रो पटक) ।

प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८१/१०/२४, च.नं. १०४४ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८१/१०/२४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा मिति २०८१/११/०९ गते   तेस्रो पटक विज्ञापन प्रकाशित भएकोले तपसील बमोजिमका योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । 

तपसील 

विज्ञापन नं.: ४/०८१/०८२

पद संख्या: १

पद: शिक्षक (संघिय शिक्षण सहयोग अनुदान)

तह.: मा.वि.

विषय.: विज्ञान

योग्यता: विएस्सी वा सो सरह उतीर्ण

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

तलव स्केल: नेपाल सरकारको नियमानुसार

दरखास्त दस्तुर: रु. १५००/–

परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक

दरखास्त दिने अन्तिम मिति: २०८१/११/१५ (४ बजेभित्र)

सम्पर्क मिति: २०८१/११/१५ 

पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु

१. निवेदन,

२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,

३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि, 

४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

सम्पर्क

        ९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष) 

सामाग्रीको प्रकृति :

bm

खड्गकाली मा.वि. (प्रशासन)

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • खड्गकाली मा.वि. (प्रशासन)
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...