खड्गकाली मा.वि. मा सुन्दर तथा शुद्ध नेपाली लेखन र चित्रकला प्रतियोगिता सम्पन्न
खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८१ माघ २५ गते शुक्रबारे अतिरिक्त कृयाकलापहरु अन्तर्गत कक्षा १-५ मा सुन्दर तथा शुद्ध नेपाली लेखन र कक्षा ६-८ मा चित्रकला प्रतियोगिता सञ्चालन भएको छ ।
सुन्दर लेखन तर्फ कक्षा केजीबाट पवन बि.क, कक्षा १ बाट एलिजा थापा, कक्षा २ बाट विश्वास बि.क., कक्षा ३ बाट सुवर्णा थापा, कक्षा ४ बाट अस्मिता कुँवर र कक्षा ५ बाट सृष्टि बि.क. प्रथम भएका छन् । त्यसैगरी, चित्रकला प्रतियोगिता तर्फ कक्षा ६ बाट अमृत पौडेल, कक्षा ७ बाट प्रिति थापा र कक्षा ९ बाट नोमिस्का गुरुङ प्रथम हुन सफल भएका छन् । कक्षा ८ र १० मा भने विगत २०८१ माघ २३ गतेदेखि आधारभूत तह र माध्यमिक तह ल्याकत परीक्षा सञ्चालन भैरहेको छ । प्रतियोगितामा विजयी सम्पूर्ण छात्र छात्राहरु विद्यालयबाट पुरस्कृत हुने छ ।
सामाग्रीको प्रकृति : फोटो ग्यालरी

खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment