सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन सम्बन्धमा सूचना

श्री सरोकारवाला सबैमा,

विषय (Sub): उपस्थित हुने बारे ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जाको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन निम्न मिति, समय र स्थानमा हुन गइरहेकोले विद्यालय संस्थापक, पूर्व वि.व्य.स. पदाधिकारी, सल्लाहकार,  चन्दादाता, शि.अ.सं., राजनीतिक दलका प्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी, पत्रकार तथा अभिभावकहरुलाई गरिमामय उपस्थितिको लागि अनुरोध गरिन्छ ।

मिति: २०८१ भाद्र १८ गते मंगलबार
समय: ११ः०० बजे
स्थान: खड्गकाली मा.वि. प्राङ्गण

पुनश्च: सम्पूर्ण महानुभावहरुलाई विद्यालयले पत्र पठाइसकेको छ । यदि कुनै कारणस पत्र नपाएमा यहीँ सूचनालाई आधिकारिक मानेर उपस्थित भइदिनुहुन अनुरोध छ । 

0 Comments

Famous Quotes: