माध्यमिक शिक्षा परीक्षा (SEE) पुरक (ग्रेडवृद्धि) परीक्षा फारम सम्बन्धमा सूचना
प्रस्तुत विषयमा राष्ट्रिय परीक्षा बोर्डको मिति २०८१/०३/१६ को निर्णय अनुसार मिति २०८० सालमा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (SEE) मा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका (NG ल्याएका) सबै परीक्षार्थीहरुका लागि ग्रेड वृद्धिको अवसर रहेकोले पुरक परीक्षा आवेदन फारम भर्ने प्रयोजनको लागि मिति २०८१/०४/५ गतेसम्म विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
आवश्यक कागजातहरु
- माध्यमिक शिक्षा परीक्षा २०८० को नियमित परीक्षाको ग्रेड सिट – १ प्रति
- माध्यमिक शिक्षा परीक्षा २०८० को प्रवेश पत्रको प्रतिलिपि – १ प्रति
- पासपोर्ट साइज फाेटाे – २ प्रति
थप जानकारीको लागि सम्पर्क नं.: 9804176284, 9846122777, 9804157470 9864891366
सामाग्रीको प्रकृति : सूचना

खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment