सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

प्राकृतिक विपत्ति तथा महामारीबाट प्रभावित विद्यार्थीहरुको विवरण उपलब्ध गराइदिने सम्बन्धमा सूचना

यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा अध्यनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरु तथा उहाँको परिवारहरु केही दिन यता भइरहेको अविरल बर्षाको कारण उत्पन्न बाढी तथा पहिरो जस्ता प्राकृतिक विपत्ति र जुनसुकै महामारी रोगहरु (जस्तै: कोभिडि १९, आउँ, हैजा, भाडापखला, आदी) बाट भौतिक, मानवीय तथा आर्थिक रुपमा प्रत्यक्ष प्रभावित हुनुभएको छ भने एकीकृत शिक्षा व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा अद्यावधिक गर्ने प्रयोजनको निम्ति जानकारी वा विवरण उपलब्ध गराइदिनुहुन अनुरोध छ ।

जानकारी/विवरण टिपाउनको लागि:
- सम्पर्क: 9817106847 / 9864891366 (कम्प्युटर शिक्षक)
- इमेल: khadgakalischool@gmail.com

0 Comments

Famous Quotes: