सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि.मा कुर्सी दौड र फूलबारीमा फूल रोपाइँ कार्यक्रम सम्पन्न

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौेर, स्याङ्जामा आज मिति २०८१ असार ७ गते शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत बालिकामैत्रीको आयोजनामा कक्षा ६-१० मा फूलबारीमा फूल रोपाइ र कक्षा १-३ तथा कक्षा ४-५ मा
कुर्सी दौड प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा १-३ को कुर्सी दौड प्रतियोगितामा कक्षा ३ का उज्ज्वल खाँण प्रथम, कक्षा ३ का गौसम खाँण द्वितीय र कक्षा ३ का सजिता कुवँर तृतीय भएका छन् । कक्षा ४-५ तर्फ भने कक्षा ५ का सृष्टि बि.क. प्रथम, कक्षा ५ को सुदिप बि.ख. द्वितीय र कक्षा ५ को दिवस खाणँ तृतीय भएका छन् । कक्षा ६-१० का सम्पूर्ण विद्यार्थीहरुले अन्तरसदनात्मक रुपमा छुट्टाछुट्टै फूलबारी निर्माण, गोडलमेल र सिचाइ तथा फूल रोपनी कार्य सम्पन्न गरेका छन् ।


0 Comments

Famous Quotes: