सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

६१ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रममा निमन्त्रणा

सादर निमन्त्रणा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको ६१ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको साथ निम्न मिति, समय र स्थानमा मनाईने भएकाले उक्त कार्यक्रममा गरिमामय उपस्थितिको लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, चन्दादाता, राजनीतिक दल तथा संघ संस्थाका पदाधिकारी, पत्रकारहरु लगायत सम्पुर्ण महानुभावहरुलाई सादर निमन्त्रणा गरिन्छ । विद्यालयबाट पत्र नपाएको भएमा यसै सूचनालाई आधिकारिक मानि कार्यक्रममा उपस्थित भैदिनुहुन अनुरोध छ ।

  • मितिः २०८१ वैशाख २५ गते, मंगलबार
  • समयः ११ः०० बजे
  • स्थानः श्री खड्गकाली मा.वि. प्राङ्गण

कार्यक्रमहरु:

  • पुरस्कार वितरण कार्यक्रम
  • छात्रवृत्ति वितरण कार्यक्रम
  • सम्मान कार्यक्रम
  • खेलकुद तथा सांस्कृतिक कार्यक्रम


0 Comments

Famous Quotes: