1/26/2024

खड्गकाली मा.वि.मा अन्तरसदनात्मक नृत्य प्रतियोगिता सम्पन्न

आज मिति २०८० माघ १२ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा बालक्लबको आयोजनामा अन्तरसदनात्मक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले शुक्रबारे कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त नृत्य प्रतियोगितामा बाग्मती सदनबाट सोनिका सारु, कोशी सदनबाट दिपशिखा थापा, कर्णाली सदनमा एन्जिता खाण र गण्डकी सदनबाट अप्सरा खाँणले सहभागीता जनाएका थिए । 

प्रतियोगितामा कोशी सदनले प्रथम स्थान हाँसिल गरेका छन् । द्वितीय हुन सफल सदन कर्णाली रहेका छन् भने तृतीय र सान्त्वना स्थान हाँसिल गर्न सफल सदनहरु क्रमशः गण्डकी सदन र बाग्मती सदन रहेका छन् ।

निर्णायक मण्डलको रुपमा शिक्षकहरु उम बहादुर गुरुङ (बिकास), कोपिला केसी रोका र संगिता पौडेल रहनुभएको थियो भने अन्य शिक्षकहरुले सुपरिवेक्षकको भूमिका निभाउनुभएको थियो । प्रतियोगी विद्यार्थी बाहेक अन्य विद्यार्थीहरुले पनि आकर्षक नृत्य प्रस्तुत गरि कार्यक्रमलाई अझ रौनकता प्रदान गरेका थिए । 

बाल क्लबको सचिव सिता थापाद्वारा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथी प्र.अ. लेस बहादुर खाँण र सभापतिको रुपमा बालक्लबको अध्यक्ष कक्षा ८ को छात्र दिवान रनपाल रहेका थिए । नृत्य प्रतियोगितामा उत्साहको साथ सहभागी भई विभिन्न स्थान सहित विजयी विद्यार्थीहरुलाई प्र.अ. लेस बहादुर खाँणले बधाई ज्ञापन गर्दै व्यक्तिगत रुपमा पुरस्कृत गर्नुभयो ।

सामाग्रीको प्रकृति :

bm

खड्गकाली मा.वि. (प्रशासन)

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • खड्गकाली मा.वि. (प्रशासन)
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
Logo शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाद्वारा विद्यालय निरीक्षणको क्रममा लिइएको केही तस्बिरहरू Logo स्थानीय विदा र तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना Logo अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा कक्षा नर्सरीदेखि ६ सम्मका विद्यार्थीहरु पुरस्कार ग्रहण गर्दै Logo अर्धवार्षिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रममा कक्षा ७ देखि १० सम्मका केही विद्यार्थीहरु पुरस्कार ग्रहण गर्दै Logo क्रिसमस डे को उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना Logo खड्गकाली मा.वि.मा प्रा.वि. तह शिक्षक आवश्यकता (विज्ञापन नं.: ३/०८१/०८२) Logo उभौली पर्वको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना Logo दैनिक प्रार्थना हाजिरीजवाफमा सर्वाधिक प्रश्नहरुको उत्तर मिलाउने विशुम खाँणलाई पुरस्कृत गरिँदै Logo चापाकोट नगरस्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल खड्गकाली मा.वि.को शिक्षकहरु Logo कक्षा नर्सरी देखि कक्षा ३ सम्मको अर्धवार्षिक विद्यार्थी मूल्याङ्कन तथा अभिलेखिकरण समयतालिका २०८१ Logo चापाकोट नगरस्तरीय अर्धवार्षिक परीक्षा २०८१ को कक्षा ४ देखि १० सम्मको समयतालिका Logo कुर्सी दौड र सटपुट प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै Logo कक्षा ९ र १० का विद्यार्थी तथा अभिभावहरुसंग शैक्षिक सुधार सम्बन्धमा भएको अन्तर्कृया कार्यक्रमको केही तस्बिरहरू Logo दुर्गा देवी पोख्रेल Logo नृत्य कार्यक्रमको रिपोर्टिङ र साप्ताहिक प्रतिभा प्रस्फुटनको केही तस्बिरहरु Logo चापाकोट नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विजयी विद्यार्थी र शिक्षकहरूलाई सम्मानित गरिँदै Logo अन्तरास्ट्रिय बाल दिवशको अवसरमा बाल अधिकार सम्बन्धि सचेतना कार्यक्रमको केही तस्बिरहरू Logo शिक्षक कोपिला रोका केसीको फेरी भेटौंला कार्यक्रमको केही तस्बिरहरू Logo नि.मा.वि. नेपाली शिक्षक आवश्यकता - विज्ञापन नं. २/०८१/०८२ Logo बालबालिकाहरूको अपांगता पहिचान कार्यक्रम कार्यान्वयन सम्बन्धमा छलफलको बेला लिइएको तस्बिरहरू Logo हरिबोधनी एकादशी (ठूलो एकादशी) को अवसरमा स्थानीय विदा सम्बन्धमा सूचना Logo २०८१ काे दिपावली, छठ पर्व तथा स्थानीय विदा सम्बन्धमा सूचना Logo २०८० मा SEE दिएर अन्यत्र अध्ययन गरिराख्नुभएको विद्यार्थी भाइबहिनीहरुको लागि जरुरी सूचना Logo हार्दिक श्रद्धाञ्जली - कृष्ण कुमारी थापा Logo खड्गकाली भित्ते पत्रिका प्रकाशन (कक्षा - १०) - २०८१ असोज १६