10/21/2022

दिपावली २०७९ को अवसरमा खड्गकाली मा.वि. मा अन्तर सदनात्मक देउसी भेैलो प्रतियोगिता सम्पन्न

श्री खड्गकाली मावि चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०७९ कार्तिक ४ गते अन्तरसदनात्मक देउसी भैलो प्रतियोगिता भब्यताको साथ सम्पन्न भयो ।
विद्यालयको प्रधानाध्यापकको प्रमुख अतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा कक्षा १० का छात्रा सन्ध्या अर्यालले स्वागत मन्तव्य व्यक्त गरे । प्रतियोगितामा हरेक सदनका टिमबाट ८/८ जना गायन तथा नृत्य तर्फ रहने गरि प्रतियोगीहरु सहभागी भएका थिए । निर्णायक मण्डलको भूमिकामा विद्यालयका शिक्षकहरु शिव गिरी, सरस्वती अर्याल र संगिता पौडेल हुनुहुन्थ्यो ।
परम्परागत रुपमा चलिआएको र विशेष महत्त्व बोकेको यस उल्लासमय चाडमा सबैजना जुटेर शुभकामना आदानप्रदान गर्दै, अनावश्यक तडक भडक नदेखाई भक्तिभावले मनाउनुपर्ने तथा समाजमा कुनै किसिमको विकृति फैलिन दिन नहुने भाव व्यक्त गर्दै हरेक सदनले आ-आफ्ना प्रस्तुतिहरु दिएका थिए । प्रतियोगीहरुले गायकीकै माध्यमबाट विद्यालयको उन्नति, प्रगति र शैक्षिक उन्नयन र सफलताको समेत कामना गरे । प्रतियोगितामा बेगनास सदन प्रथम हुन सफल भएका छन् । द्वितीय हुन सफल सदनमा तिलिचो र फेवा सदन रहेका छन् भने रारा सदन तृतीय भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनुभएको विद्यालयको प्रधानाध्यापक लेस बहादुर खाँणले हिन्दुहरुको महान पर्व तिहार र छठ पर्वको शुभकामना सहित कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थी, अभिभावक तथा प्रतियोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्ता प्रतिभाहरु प्रस्फुटन हुने कार्यक्रमहरुमा निरन्तर रुपमा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई चाड मनाउने होडबाजीमा समाजमा विकृति फैलाउने खालको कुनै कार्यमा संलग्न हुन नहुने कुरामा सचेत पनि गराउनुभयो । 

प्रतियोगितामा सहभागी बाहेकका विद्यार्थीहरुले प्रस्तुति दिएर कार्यक्रमको रौनक अझ बढाएको थियो । वालक्लवको उपाध्यक्ष बिर बहादुर गुरुङको अध्यक्ष्यतामा प्रारम्भ भएको उक्त कार्यक्रम कक्षा १० का छात्रा देबी सिंजालीद्वारा सञ्चालन भएको थियो ।

सामाग्रीको प्रकृति :

bm

Bikas Gurung

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Bikas Gurung
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
Logo नयाँ वर्ष २०८२ सालको शुभकामना सन्देश (Happy New Year 2082) Logo पूर्वनिर्धारित भर्ना कार्यकम स्थगित गरिएको सम्बन्धमा । Logo चापाकोट नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षा-२०८१ को नतिजा Logo खड्गकाली मा.वि.को वार्षिक परीक्षा २०८१ को कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को नतिजा Logo फागुन महिनाको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक उत्तर मिलाउन सफल विशुम खाँणलाई पुरस्कृत गरिँदै Logo विद्यालय निरिक्षणको क्रममा लिइएको चापाकोट नगर प्रमुखको टोलीको सामूहिक तस्बिरहरू Logo मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (पाँचौ पटक) Logo खड्गकाली मा.वि.मा कक्षा ९ द्वारा आयोजित कक्षा १० लाई फेरि भेटौंला तथा शुभकामना कार्यक्रममा लिइएको केही तस्बिरहरू Logo शुक्रबारे प्रतिभा प्रस्फुटन कार्यक्रममा वक्तव्य दिँदै कक्षा ७ की छात्रा मेलिना हिताङ Logo मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (चौथो पटक) Logo महा–शिवरात्री, मगर दिवस र ग्याल्पो ल्होसारकाे उपलक्ष्यमा विदा सम्बन्धमा सूचना Logo मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (तेस्रो पटक) Logo पाठ्यक्रम विकास केन्द्रद्धारा जारी विशिष्टीकरण तालिका - CDC Specification Grids (Grades 1-12, All Subjects) Logo आधारभूत तह र माध्यमिक तह ल्याकत परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा प्रगति विवरण कार्यक्रममा लिइएको तस्बिरहरू Logo निबन्ध प्रतियोगितामा विजयी कक्षा १० की छात्रा खुसी थापालाई पुरस्कृत गरिँदै Logo चापाकोट नगरस्तरीय वार्षिक परीक्षा २०८१ को समयतालिका Logo कक्षा ८ को आधारभूत तह परीक्षा २०८१ को समयतालिका र परीक्षा केन्द्र सम्बन्धमा सूचना (BLE 2081 Routine and Exam Center) Logo शुक्रबारे अतिरिक्त कृयाकलापको पुरस्कार वितरण कार्यक्रम Logo राममन्दिर माविको स्वर्ण महोत्सवमा विजयी विद्यार्थीहरुलाई पुरस्कार हस्तान्तरण गरिँदै Logo खड्गकाली मा.वि. मा सुन्दर तथा शुद्ध नेपाली लेखन र चित्रकला प्रतियोगिता सम्पन्न Logo मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ Logo सरस्वती पूजा २०८१ मा लिइएको केही तस्बिरहरू Logo एच.पि.भी खोप कार्यक्रममा लिइएको केही तस्बिरहरू Logo पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप सम्बन्धमा जरुरी सूचना Logo चापाकोट नगरस्तरीय आधारभूत तह ल्याकत परीक्षा २०८१ समय तालिका