श्री खड्गकाली माविमा शेैक्षिक सत्र २०७९ को लागि भर्ना खुल्यो !
श्री आदरणीय अभिभावक तथा प्यारा विद्यार्थी भाइबहिनीहरु,
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौरमा शैक्षिक सत्र २०७९ को लागि कक्षा नर्सरीदेखि कक्षा दशसम्म विद्यार्थी भर्ना खुलेकोले आफ्ना भर्ना हुनको लागि विद्यार्थी तथा अविभावकहरुलाई विद्यालयमा उपस्थित हुन अनुरोध छ ।
- आवेदन फारम वितरण : २०७९ वैशाख २२ गतेदेखि
- कक्षा सञ्चालन: जेठ १ गतेदेखि
पुनश्चः कक्षा नर्सरीमा भर्ना हुनको लागि ३ वर्ष अनिवार्य पूरा भएको हुनुपर्नेछ साथै भर्ना हुन आउँदा सबै कक्षाका विद्यार्थीहरुको जन्मदर्ताको प्रमाणपत्र र प्रतिनिधि अभिभावक अनिवार्य लिएर आउनुहोला । विद्यार्थी भर्ना पश्चात विद्यालयबाट निःशुल्क पाठ्यपुस्तक वितरण हुनेछ ।
भर्ना सम्बन्धी थप जानकारीको लागि 9804176284 (प्रधानाध्यापक / लेस बहादुर सर), 9804157470 (थापा सर), 9846122777 (पशुपति सर), 9817106847 (बिकास सर), 9844943650 (संगिता अर्याल म्याडम) र 9805824943 (शान्ती म्याडम) लाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सामाग्रीको प्रकृति : सूचना
खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment