माघ ७ गते शुक्रबारको दिन छुट भएकाहरुले कोभिड-१९ विरुद्ध दोस्रो डोज खोप लगाउने सम्बन्धमा जरुरी सूचना ।
आदरणीय अभिभावक तथा प्यारा विद्यार्थी भाईवहिनीहरु
विषय: कोभिड-१९ विरुद्ध दोस्रो डोज खोप लगाउने सम्बन्धमा
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौरमा अध्ययनरत १२-१७ उमेर समूहका यहि पुस ५ र ६ गते कोभिड विरुद्धको पहिलो डोज खोप लगाएका तर दोस्रो डोज खोप लगाउन बाँकी विद्यार्थीहरुलाई निम्न अनुसारको मिति, समय र स्थानमा खोप कार्डसहित विद्यालयको पोशाकमा उपस्थितिका लागि अनुरोध गरिन्छ ।
- मिति: २०७८ माघ ९ गते आइतबार
- समय: १०:०० वजे
- स्थान : मल्याङ्कोट स्वास्थ्य चौकी, दार्सिङ
पुनश्च:
- अनिवार्य रुपमा मास्कको प्रयोगसहित स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेछ ।
- सम्बन्धित विद्यार्थीलाई सूचना पुर्याई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।
- लामडाँडा र भन्टावारीको बाहेक सबै विद्यार्थी हाम्रै विद्यालयमा ठिक ९:०० बजे उपस्थित अनुरोध गरिन्छ ।
प्र.अ.
श्री खड्गकाली मा.वि., चापाकोट-४
सामाग्रीको प्रकृति : सूचना
खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment