भौतिक उपस्थितिमा पठनपाठन बन्द र अनलाइन कक्षा सञ्चालन सम्बन्धि अत्यन्त जरुरी सूचना
यस श्री खड्गकाली मा.वि.चापाकोट - ४, घुर्लिचौरले शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्ना २०७८ जेठ २४ देखि अनलाईनबाट गर्दै असार १ गतेदेखि असार १५ गतेसम्म अनलाईन कक्षा सञ्चालन गरेको सबैलाई जानकारी नै छ । त्यस्तै चापाकोट नगरपालिकाको निर्देशन अनुसार असार १६ गतेबाट स्वास्थ्य मापदण्ड अपनाउदै भौतिक उपस्थितिमा नै जोर विजोर प्रणालीबाट सञ्चालन भएको नियमित कक्षालाई वर्तमान विषम परिस्थितिलाई पुन: मध्यनजर राख्दै विद्यालयमा उपस्थित भएर गरिने सम्पूर्ण पठनपाठन कृयाकलाप भोलि मिति २०७८/३/२० गतेे आईतवारदेखि अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको छ र यस विषयम परिस्थितिमा अनलाईन कक्षा पुन: सञ्चालन गरिने व्यहोरा जानकारी गराईन्छ । अभिभावकहरुले आफ्ना बाबू नानीहरुलाई विद्यालयको अनलाईन कक्षाको समय तालिका अनुसार सहभागी गराई अध्ययन गर्ने वातावरण मिलाई दिनु हुन र विद्यार्थीहरुले पनि समय तालिका अनुसार अनलाईन कक्षामा सहभागिता जनाई पढाईलाई निरन्तरता दिन समेत हार्दिक अनुरोध गरिन्छ । यस सूचनाबाट पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौ ।
श्री खड्गकाली मा.वि चापाकोट-४, स्याङ्जा
सामाग्रीको प्रकृति : सूचना
खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment