परीक्षा स्थगित सम्बन्धि जरुरी सूचना
प्रस्तुत विषयमा विश्वमा महामारीको रुपमा दोस्रो चरणमा फैलिएको कोभिड-१९ को संक्रमण भयावह रुपमा देखिन सक्ने अवस्थालाई मध्य नजर राख्दै नेपाल सरकार मन्त्री परिषदको मिति २०७८/१/१३ गतेको निर्णय तथा चापाकोट नगरपालिका नगर शिक्षा समिति, कक्षा ८ को BLE परीक्षा समिति र वार्षिक परीक्षा समितिको मिति २०७८/१/१५ गते बसेको आकस्मिक संयुक्त बैठकको निर्णय अनुसार अर्को सूचना प्रकाशित नहुँदासम्म ECD (नर्सरी) देखि कक्षा ९ सम्मको पूर्व निर्धारित वार्षिक परीक्षा र कक्षा १० को ल्यागत परीक्षा स्थगित गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ । यस अवधिभर स्वास्थ्यको ख्याल गर्दै परीक्षाको तयारी गर्न गराउनु हुन सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा हार्दिक अनुरोध गरिन्छ ।
सामाग्रीको प्रकृति : सूचना

खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment