घाँसीलाई आदिकवि भानुभक्त आचार्यको प्रेरणका स्रोत मानिन्छ । घाँसीले गरेको कार्यबाट प्रभावित भई भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाएका थिए ।
तनहुँको सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब ५ किलोमिटरको दूरीमा घाँसीकुवा पर्छ । घाँसीले कुवा खनाएका कारण यो ठाउँको नाम घाँसीकुवा रहन गएको भनाइ छ ।
घाँसीलाई घाँस काटेरै कुवा खनाउने समाजसेवीका रूपमा लिइन्छ । यिनैको प्रेरणाबाट भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी भाषिक एकीकरण गरेका थिए । रामायणलाई नेपाली भाषामा अनुवाद गरी घरघरमा पढ्न सजिलो बनाएका भानुभक्तलाई धेरैले चिनेका छन् तर उनलाई प्रेरणा दिने स्रोतका रूपमा रहेका घाँसीलाई भने कसैले चिन्दैनन् ।
मोतीराम भट्टका अनुसार भानुभक्तले ‘घाँसी’ कविता विसं १८९१ मा लेखेका हुन् । नेपाली पाठक यति लामो समयसम्म परिचयविहीन घाँसीको प्रशंसा गरिरहेका छन् । घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो ।
सडकभन्दा केही तल बुल्दीखोला किनारमा भएको कुवा घाँसीले खनाएको मानिन्छ । घाँसीकुवामा भानुभक्त पानी खान आएका थिए । त्यही भानु र घाँसीबीच वार्ता भएको थियो । घाँसीले बनाएको चौतारो पनि छ । यी सबै सूचनाको स्रोत मोतीराम भट्ट नै हुन् भन्ने विश्वास रहेको छ । घाँसीकुवाको पार्कमा राखिएको घाँसीको सालिक काल्पनिक हुन । घाँसी मगर वा रानाभाट हुने सम्भावना नभएको स्थानीयले बताउने गरेका छन् ।
(सन्दर्भ सामाग्री: कान्तिपुर)
0 Comments