शैक्षिक भ्रमण २०७५ को क्रममा इलामको चिया बगान अवलोकन गर्दै विद्यार्थी तथा शिक्षकहरु
![]() |
खड्गकाली मा.वि. का शिक्षक तथा विद्यार्थीहरु इलाम चिया बगानमा |
पूर्वी नेपालको 'इलाम' चिया खेतीको लागि अग्रणी जिल्लाको रुपमा रहेको छ। जिल्लाका करिब २०% जनता चिया खेतीबाट जीवन गुजारा गरिरहेका छन्। इलामका १२ हजार घरधुरी चिया खेती गरिरेका छन्। जिल्लाको १३ हजार हेक्टर क्षेत्रफलमा चिया खेती फैलिएको छ।
![]() |
चिया बगान अवलोकन गर्दै |
सामान्यतया दैनिक १०० किलो देखि ५०० किलोसम्म चिया उत्पादन गर्ने ४० भन्दा बढी उद्योग रहेका छन्। कन्याम टि स्टेट २२ सय रोपनीमा फैलिएको छ। त्यस्तै हिमालयन सांग्रिला चिया उद्योगले वार्षिक एक लाख ५० हजार किलो भन्दा बढी अर्गानिक चिया उत्पादन गरी विदेश निर्यात गरिरहेको छ।
चिया लगायत यहाँका किसान अदुवा, अलैंची, अखवरी खुर्सानीको समेत व्यवसायिक खेती गरिरहेका छन्। जिल्लामा कन्याम टि स्टेट चिया उद्योगदेखि एक करोड भन्दा बढी लगानीमा सञ्चालनमा १८ वटा उद्योग रहेका छन्। जसमा साना किसान ६ हजार ९ सय ८५ परिवार रहेको चिया तथा कफी विकास बोर्ड अनुसार छ। इलाम उत्पादन हुने चियाको ९०% भन्दा बढी अर्थोडक्स चिया उत्पादन गरिरहेका छन्।
चियाखेती नेपालका पूर्वी जिल्लाहरू इलाम, पाँचथर, झापा, धनकुटा, तेह्रथुम आदि स्थानमा चियाखेती हुन्छ। धेरै पानी पर्ने (बार्षिक २०० से.मी. सम्म)तर पानी नजम्ने ठाउँमा चियाखेती गर्न सकिन्छ। नेपालमा गुम्टी, तग्दा ७८, चिनीयाँ, आसामिज आदि जातका चिया खेती गरिन्छ। नेपालको अर्थोडक्स चिया युरोप, अमेरिका, अस्ट्रेलिया लगायतका देशहरूमा लोकप्रिय रहेको छ। हाल नेपालमा कुनै रसायनिक मल तथा कीटनाशक प्रयोग नगरी अर्गेनिक चिया उत्पादन गर्ने प्रचलन शुरू भएको छ।
नेपालमा चियाखेतीको इतिहास करिब १४३ वर्ष पुरानो रहेको छ। सन् १८६२मा कर्नेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त चियाको विरूवा इलामको इलाम चियाबगानमा रोपेपछि नेपालमा चिया खेती प्रारम्भ भएको हो।[१] वि.सं. १९२०मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनिया जातको चियाको बीउ उपहार स्वरूप तत्कालीन चिनिया सम्राटबाट लिई नेपालमा भित्र्याएका थिए भनिन्छ। सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं.१९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको देखिन्छ ।त्यो त्यही दसक हो, जुन बेला दार्जिलिङमा पनि चिया खेती प्रारम्भ गरिएको थियो । तर जहानिया राणा शासनको अगाडि नेपालमा शुरूवाती अवस्थामा रहेको चिया उद्योग त्यति फस्टाउन सकेन । उता दार्जिलिङतिर भने चिया खेती तथा उद्योग विस्तार एवम् विकास हुँदै गयो ।
वि.सं. २००७ सालको प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गयो र यसको सकारात्मक प्रभाव चिया क्षेत्रमा पनि पर्यो।फलस्वरूप वि.सं. २०१६सालमा झापा जिल्लाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो । त्यस्तै, सरकारी स्तरमा पनि वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो ।शुरूवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो ।यस कुरालाई ध्यानमा राखी वि.सं. २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना गरियो । वि.सं. २०३५ देखि २०४५ को एक दसकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रत्साहनका कार्यक्रमहरू गर्यो ।विस्तारै विस्तारै चिया उद्योगले गति लिँदै गयो र एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो ।चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई ह्रदयंगम गर्दै वि.सं. २०३९ सालमा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम)लाई चियाक्षेत्र घोषणा गर्यो । चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवम् विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको अवश्यकता महसुस गरियो । फलस्वरूप वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।
![]() |
शिक्षक दुर्गा सारु इलाम चिया बगानमा |
![]() |
शिक्षक शिव परियार इलाम चिया वगानमा |
![]() |
शिक्षक गोकर्ण जिसी इलाम चिया बगानमा |
तथ्यांक स्रोत: विकिपेडिया र विभिन्न पत्रपत्रिका
फोटो: दुर्गा सारु
सामाग्रीको प्रकृति : फोटो ग्यालरी शैक्षिक भ्रमण

खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment