6/30/2018

शिक्षकले किन पढ्नुपर्छ ? शिक्षकले चाहेमा गर्न सक्छन्, शिक्षण सुधार शिक्षकबाटै शुरु हुन्छ

पढ्नु भनेको के हो ?

पढ्नु भनेको ज्ञान लिनुका साथै कुनैपनि विषयवस्तुबारे आफ्नो धारणा बनाउने काम हो । पढ्नु भनेको आफूलाई सरल बनाउनु हो । असल विचारमा उत्प्रेरित गर्नु हो । अरूको भलोमा आफू रमाउनु हो । पढ्नु भनेको हाम्रो प्रकृति, हाम्रो समाज, विश्व ब्रम्हाण्डको नियम थाहा पाउनु हो । यदि नियम थाहा पाउन सकिए त्यसलाई स्वरुप परिवर्तन गरेर मानवीय हितमा लगाउन सकिन्छ । पढेर नै विभिन्न विज्ञानका सिद्धान्तहरु पत्ता लागेका हुन् । पढ्नु भनेको विभिन्न कला सिक्नु पनि हो । जीवनको लक्ष्य खोज्नु पनि पढ्नु नै हो ।

खासमा के पढ्ने ?

पढ्नु पर्छ भन्ने सबैलाई थाहा छ । तर, के पढ्नु पर्छ भन्ने कसैलाई थाहा छैन । जे मिल्छ त्यहीँ पढ्नु पर्छ । पढाउने विषय र पाठसँग सम्बन्धित पुस्तक त पढ्नै पर्छ । साथै, शिक्षकले उपलब्ध भएसम्म र पाएसम्मका पुस्तक पढ्नु पर्छ । एक–एकवटा किताब पढ्नु पर्छ । नसके पनि महिनामा एउटा त अवश्य पढ्नै पर्छ । किनेर, खोजेर, मागेर, सापट लिएर, पुस्तकालयमा गएर भएपनि शिक्षकले पढ्नचाहिँ पढ्नै पर्छ । पाएका किताब र पत्रपत्रिका केही छोड्न हुँदैन । किताबबाट ज्ञान मिल्छ भने पत्रिकाबाट सूचना । शिक्षकलाई दुबै चाहिन्छ ।

अनि पढेर के हुन्छ ?

पढाइ भनेको आदर्श व्यक्तित्व जन्माउने प्रक्रिया हो । असल–खराब छुट्याउन सक्ने विवेक दिने, सही निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणीय र आदर्शमा परिणत गर्ने, मानवता र नैतिकताको प्रस्फुटन एवं इच्छानुरुपको प्रतिभा विकास गराउने काम पढाइबाट नै हुने गर्छ । जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने र त्यस अवधिमा प्रभाव पार्ने सम्पूर्ण ग्राह्य ज्ञान नै पढाइ हो । मानिस पढेरै असल र महान भएका हुन् । मानिसलाई आम मानिसबाट पहिचान दिलाउने भनेकै शिक्षाले, विद्वताले, विचारले, तर्कले, बुद्धिले, प्रज्ञाले, सीपले, अभिव्यक्तिले, लेखन शक्तिले र वाकपटुताले हो । पढाइको विकल्प यो संसारमा मात्रै होइन् पुरा ब्रम्हाण्डमा नै छैन । त्यसैले निरन्तर पढिरहन आवश्यक छ । शिक्षकले त अझ बढी पढ्न आवश्यक छ ।

शिक्षकले किन पढ्ने त?

शिक्षकको काम नयाँ कुरा सिकाउने हो त्यसका लागि पढ्नु पर्छ । नपढ्नेले सिकाउन त सक्दैन नै, आफू पनि सिक्न सक्दैन । त्यसैले पनि शिक्षकहरूले निरन्तर पढिरहनुपर्छ । शिक्षकले आफू पढेर आफ्ना विद्यार्थीहरुलाई पनि पढ्ने प्रेरणा दिनु पर्छ । पढ्ने र नपढ्ने शिक्षक विद्यार्थीले टाढैबाट चिन्छन् । भनिन्छ, संसारले नपढेको कुरा शिक्षकले पढ्नु पर्छ । शिक्षकले प्रत्येक दिन, प्रत्येक साता र प्रत्येक महिना नयाँ कुरा पढ्नु पर्छ । शिक्षक समाज र देशका अगुवा हुन्, त्यसैले पनि भनिन्छ शिक्षकले पढे देश जान्ने हुन्छ ।
तर, हामी सरकारी शिक्षकहरुमा जागिरे मानसिकता बोकेर विद्यालय जान्छौं । विद्यार्थीसंग भेटघाट गर्ने र सञ्चो–विसञ्चो थाहा पाउने अनि वर्ष दिनको कोर्ष छिट्टो कसरी सक्ने भन्ने हाम्रो ध्याउन्न हुन्छ । हामी शिक्षक ‘शिक्षक’ भएको बीसौं वर्ष अगाडिको पढाइले हो । अब त्यो पढाइले अहिलेको पढाइलाई धान्न सक्छ कि सक्दैन ? किनकी, विकसित सञ्चार–साधनहरूका कारण आजका बालबालिकाका ज्ञानको परिधि पहिलेका तुलनामा स्वतः चौडा हुन पुगेको छ । उनीहरूका आवश्यकता र प्राथमिकता पनि फेरिएका छन् ।
दिनदिनै बदलिएको शिक्षा र खोजिएका ज्ञानसँग हाम्रो शिक्षा मेल खान्छ कि खादैन ? आफैंले आफैंसँग प्रश्न गर्न आवश्यक छ । यदि हामीले लिएको शिक्षाले अहिलेका विद्यार्थीलाई राम्ररी सिकाउन सक्दैनौं भने आफ्नो क्षमता बढाउन हामीले पनि पढ्नुको विकल्प बाँकी रहँदैन । हामी आजको युगलाई चाहिएको बच्चाको चाहना र परिवर्तित युगमा बाँच्न सक्ने ज्ञान दिन सक्षम छौं कि छैनौं भन्ने विश्लेषण गर्दै विगतको समयमा बाँच्नका लागि लिएको शिक्षाले वर्तमानमा बच्चालाई बाँच्न सक्षम बनाउन सक्छ कि सक्दैन ? गम्भीर प्रश्न हामी तमाम शिक्षकहरुमा तेर्सिएको छ । हामीले शिक्षक कसका लागि हौं ? जागिरका लागि, आफ्ना लागि, सरकारका लागि वा बच्चाका लागि सोच्ने बेला आइसकेको छ । यदि जागिर खाएर कमाउनका लागि मात्रै शिक्षण पेशा रोजिएको हो भने अन्य विकल्प रोज्दा वेश हुन्छ । धेरै कमाइ अन्तै छ ।

के पढाउने ?

शिक्षकले विद्यार्थीलाई पाठ्यपुस्तक मात्रै रटाउनु भनेको शिक्षण पेशाप्रतिकै वेइमानी हो । विद्यार्थी प्रति गरेको अपराध हो । पाठ्यपुस्तक शिक्षकहरुका लागि होइन, विद्यार्थीका निम्ति हो । शिक्षकले विद्यार्थीलाई दुनियाँ पढाउनु पर्छ । भौतिक, आध्यात्मिक, राजनीति, सामाजिक मूल्य–मान्यता, नैतिकता, सीप, संस्कार, भूगोल आदिबारे ज्ञान दिन आवश्यक छ ।
ज्ञान एउटा पुस्तकमा मात्र अटाउने कुरा होइन । त्यसैले धेरै पुस्तक पढेर धेरै थरिकै ज्ञान दिने गर्नु पर्छ । शिक्षक आफूले पढ्दाको र पास हुँदाको ज्ञान धेरै पुरानो र बोधो भइसकेको हुन्छ, पहिल्यै सिकेका कुराहरु भुलिसकिएको र सम्झे पनि खिया लागिसकेको हुन्छ । सोको अध्यावधिक र ज्ञानलाई समयानुकुल नवीकरण गर्न पनि नियमित पढ्न आवश्यक छ । हामी शिक्षक कक्षाकोठामा प्रवेश गर्दा उत्साही, दृढ मत भएका, अनुशासित, आफ्नो विषयका ज्ञाता, विनोदी साथै सहज बन्न आवश्यक छ ।

कसरी पढाउने ?

कक्षाकोठामा पस्नुभन्दा पहिले शिक्षकले तयारी गर्न आवश्यक छ । यो सिकाउछु, यति सिकाउछु, यसरी सिकाउछु यो क्रियाकलाप गर्छु भन्ने पूर्व तयारी गर्न आवश्यक छ । हामी शिक्षकहरू धेरै वर्ष पढाइसकें भनेर विना तयारी कक्षाकोठामा प्रवेश गर्छौैैं । विद्यार्थी भने अहिलेका विभिन्न सूचना सामग्रीका कारणले हामीले दिएका शिक्षाले नअघाउने भइसकेका छन् । आफैं मद्यपान गर्ने विद्यार्थीलाई भने स्वास्थ्य पढाउने, गाउँमा झै–झगडा गर्ने र विद्यार्थीलाई सामाजिक पढाउने, पाँचजना सन्तान जन्माउने अनि जनसंख्याको महत्व पढाउने गरे के हुन्छ ? हामी शिक्षक जीवन्त प्रतिमा हौं जोसँग विद्यार्थीले तादात्म्य स्थापित गर्छन् र साथै हामीसँग आफ्नो तुलना पनि गर्छन् ।
त्यसैले पहिले हामी शिक्षक जस्तै बन्न आवश्यक छ । संसार परिवर्तनशील छ । ज्ञान र सीपको दायरा पनि फराकिलो बन्दै गइरहेकाले समयानुकूल नया“ तथ्यहरुको धारणा दिन तथ्य सूचना विद्यार्थीलाई उपलब्ध गराउन, तथ्याङ्कहरुको अध्यापनको सजिलोको लागि पनि शिक्षकले पढ्नै पर्छ । आवश्यक अध्ययन र तयारी पछि मात्रै शिक्षक विद्यार्थीमाझ प्रस्तुत हुन आवश्यक छ । हामी शिक्षण प्रक्रियालाई नै यस्तो बनाउन सक्नु पर्छ । जसबाट विद्यार्थीले पढ्दा स्वयं आनन्दको अनुभूति गरोस् र त्यसमा तल्लीन हुन पुगोस् । कक्षामा विद्यार्थीहरुले सोध्ने उत्तरहरुको पूर्व तयारी, पाठशीर्षक अनुरुप शिक्षण सिकाइ क्रियाकलाप र शैक्षिक सामग्रीको पूर्व तयारीका लागि विद्यार्थीले भन्दा शिक्षकले धेरै पढ्नु पर्छ । शिक्षक आफैंमा सिङ्गो पाठ्यक्रम हो । त्यसैले, शिक्षकमा सबैखाले ज्ञान र सुचना हुन आवश्यक छ ।
सन्दर्भ–सामग्री, सबैखाले पुस्तकहरु, पत्रपत्रिका, अनुसन्धानहरुसँगै इन्टरनेटमा खोजेर नयाँ कुरा विद्यार्थीसम्म लग्नु आवश्यक छ । हामी बीस वर्ष अगाडि जसरी पढाइरहेका थियौं, त्यसरी नै पढाइरहेका छौं । जस्तो व्यवहार गरिरहेका थियौं, अहिले पनि त्यस्तै गरिरहेका छौं । आफू घरमा केही नपढिकन जाने अनि विद्यालयमा गएर तैंले पढिनस् भन्नु कति जायज होला ?

सामाग्रीको प्रकृति :

bm

खड्गकाली मा.वि. (प्रशासन)

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • खड्गकाली मा.वि. (प्रशासन)
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

1 Reviews:

  1. यो कुरा एकदम सहि हो । शिक्षक आफूू पनि अप टु डेट हुनको लागि अध्ययनशिल हुनु जरुरी छ ।

    ReplyDelete

अपडेट
Logo खड्गकाली मा.वि.को वार्षिक परीक्षा २०८१ को कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को नतिजा Logo फागुन महिनाको प्रार्थना हाजिरीजवाफमा सर्वाधिक उत्तर मिलाउन सफल विशुम खाँणलाई पुरस्कृत गरिँदै Logo विद्यालय निरिक्षणको क्रममा लिइएको चापाकोट नगर प्रमुखको टोलीको सामूहिक तस्बिरहरू Logo मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (पाँचौ पटक) Logo खड्गकाली मा.वि.मा कक्षा ९ द्वारा आयोजित कक्षा १० लाई फेरि भेटौंला तथा शुभकामना कार्यक्रममा लिइएको केही तस्बिरहरू Logo शुक्रबारे प्रतिभा प्रस्फुटन कार्यक्रममा वक्तव्य दिँदै कक्षा ७ की छात्रा मेलिना हिताङ Logo मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (चौथो पटक) Logo महा–शिवरात्री, मगर दिवस र ग्याल्पो ल्होसारकाे उपलक्ष्यमा विदा सम्बन्धमा सूचना Logo मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (तेस्रो पटक) Logo पाठ्यक्रम विकास केन्द्रद्धारा जारी विशिष्टीकरण तालिका - CDC Specification Grids (Grades 1-12, All Subjects) Logo आधारभूत तह र माध्यमिक तह ल्याकत परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा प्रगति विवरण कार्यक्रममा लिइएको तस्बिरहरू Logo निबन्ध प्रतियोगितामा विजयी कक्षा १० की छात्रा खुसी थापालाई पुरस्कृत गरिँदै Logo चापाकोट नगरस्तरीय वार्षिक परीक्षा २०८१ को समयतालिका Logo कक्षा ८ को आधारभूत तह परीक्षा २०८१ को समयतालिका र परीक्षा केन्द्र सम्बन्धमा सूचना (BLE 2081 Routine and Exam Center) Logo शुक्रबारे अतिरिक्त कृयाकलापको पुरस्कार वितरण कार्यक्रम Logo राममन्दिर माविको स्वर्ण महोत्सवमा विजयी विद्यार्थीहरुलाई पुरस्कार हस्तान्तरण गरिँदै Logo खड्गकाली मा.वि. मा सुन्दर तथा शुद्ध नेपाली लेखन र चित्रकला प्रतियोगिता सम्पन्न Logo मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ Logo सरस्वती पूजा २०८१ मा लिइएको केही तस्बिरहरू Logo एच.पि.भी खोप कार्यक्रममा लिइएको केही तस्बिरहरू Logo पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप सम्बन्धमा जरुरी सूचना Logo चापाकोट नगरस्तरीय आधारभूत तह ल्याकत परीक्षा २०८१ समय तालिका Logo माध्यमिक शिक्षा परीक्षा २०८१ ल्याकत परीक्षाको समयतालिका Logo शिक्षक दुर्गा पाण्डे न्यौपानेलाई विद्यालयले स्वागत गर्ने क्रममा लिइएको केही तस्बिरहरू Logo कक्षा १-५ मा सम्झना खेल र कक्षा ६-१० मा निबन्ध लेखन प्रतियोगितामा लिइएको केही तस्बिरहरू